सत्तामा टिकिरहन प्रम ओलीले अझै पनि षडयन्त्रका गोटी चाल्ने खतरा कायमै : पूर्वप्रधानमन्त्री प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा टिकिरहनका लागि अझै पनि षड्यन्त्रका गोटी चाल्न सक्ने खतरा कायमै रहेको बताउनु भएकाे छ ।

सोमबार विपक्षी गठबन्धनले विभिन्न पेशागत बुद्धिजिवीहरुसँग गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अदालतको निर्णयमाथि प्रभाव पार्ने षडयन्त्रमा प्रधानमन्त्री ओली लागेको बताउनुभएकाे हाे । उहाँले सत्ताकेन्द्रीत भएर नेपाली राजनीतिमा ठूलो चलखेल भएको गन्ध आफूले पाएको दाबी पनि गर्नुभयाे ।

प्रधानमन्त्री ओली इतिहासमा नै सबैभन्दा कलंकित र बद्नाम भएको तथा राजनीतिक भविश्य नै ओरालो लागिसकेकाले अन्तिम समयसम्म पनि षड्यन्त्रका गाटीहरु चाल्न सक्ने खतरा रहेको अध्यक्ष प्रचण्डले बताउनुभयाे ।

प्रधानमन्त्री ओलीले अदालतलाई धम्क्याउने, तर्साउने र कुनै न कुनै रुपले दबाबमा पारेर, खैजेडीमा पारेर निर्णयमाथि प्रभाव पार्ने खुल्ला षड्यन्त्र गरेको उहाँकाे भनाई थियाे । प्रधानमन्त्री ओलीले हारेको अनुभुत आफूले गरेको भन्दै उहाँले नेपालको इतिहासमा प्रधानमन्त्री ओली सबैभन्दा कलंकित र बेइमान भएर जाने बताउनुभयाे ।

उहाँले भन्नुभयाे – ‘केपी जी अब सिद्धिनुभयो र नेपालको इतिहासमा सबैभन्दा कलंकित र बदनाम प्रधानमन्त्रीको रुपमा, सबभन्दा निरंकुशको पनि तुच्छस्तरको निरंकुश, झुठ, बेइमानबाहेक केहि नजान्ने निरंकुशको रुपमा नेपाली इतिहासमा बदनाम भएर जाने हुनुभयो । मलाई त कहिलेकाहीँ केपी जीलाई यसो सम्झिदाखेरी पनि कठै विचरा भन्नपनि मन लाग्छ । त्यत्रो वर्ष दुख ग¥या हो । चौध वर्ष जेल पनि बस्या हो हुँदो रहेनछ नि त दृष्टिकोण र प्रवृत्ति नभएपछि त जेल बसेर पनि के हुँदो रहेछ र ? त्यसकारण उहाँ चाहीँ ओरालो लागेकै रुपले बुझ्छु । अझै षड्यन्त्रका केही गोटीहरु चाल्नको लागि उहाँ जुनसुकै हदमा जाने खतरा पनि छ ।’

उहाँले ढिलै भएपनि प्रतिनिधिसभा पुर्नस्थापना हुने र सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गर्ने दाबी गर्नुभयो । तथ्य, तर्क र प्रमाणले पुर्नस्थापना हुने कुरामा आशंका गर्ने ठाउँ नभएको उहाँले बताउनुभयो । यद्यपी संसद पुर्नस्थापना नै भएपनि ठुलो खेल चलिराखेको गन्ध आफुले पाएको उहाँले बताउनुभयो । पुर्नस्थापनाले मात्रै समस्याको समाधान नहुने भन्दै अध्यक्ष प्रचण्डले पुर्नस्थापित संसद संसद नहुनुभन्दा पनि नराम्रो स्थितिमा हुने आशंका समेत व्यक्त गर्नुभयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..