सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–५ झाझपट्टीस्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले १५२ किलो १६० ग्राम लागुऔषध गाँजा बरामद गरेको छ।
नं. ७ गण हे.क्वा. सिरहाका अनुसार मिति २०८३ कात्तिक १२ गते राति करिब १२:१७ बजे बीओपी नवराजपुरबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा खटिएको ७ सदस्यीय मोटरसाइकल गस्ती टोलीले नेपालबाट भारततर्फ टाउकोमा बोकेर लैजाँदै गरेको अवस्थामा उक्त गाँजा फेला पारेको हो।
प्रहरी टोलीलाई देखेपछि गाँजा बोकेका व्यक्तिहरू ९ वटा बोरामा रहेको गाँजा छाडेर फरार भएका थिए। कालो प्लास्टिकमा प्याक गरी बोराभित्र राखिएको १५२.१६ किलोग्राम गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गाँजा आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको जनाइएको छ।


