काठमाडौं । जेनजी अभियन्ता रक्षा बमले सञ्चारगृहको न्यूजरुममा प्रहरी प्रवेश गराउने आदेश कसले दिएको हो भन्दै सरकारसँग जवाफदेहिता मागेकी छन् ।
पत्रकारमाथि धरपकड र सञ्चारगृहमा प्रहरी हस्तक्षेप भएको घटनालाई लिएर सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले घटनाको जिम्मेवारी लिने व्यक्ति पहिचान गर्न माग गरेकी हुन् ।‘तू इधर उधर की न बात कर, ये बता कि आदेश देनेवाला कौन था ?’ भन्दै प्रश्न गरेकी बमले प्रहरीलाई न्यूजरुमभित्र प्रवेश गर्न आदेश दिने व्यक्ति को हो भन्नेबारे स्पष्ट जवाफ मागेकी छन् ।
‘प्रश्न सिधा छ– हिजो प्रहरीलाई न्यूजरुमभित्र छिर्न आदेश कसले दिएको हो ? जवाफदेहिता खोई ? थाहा चाहियो,’ उनले भनेकी छन्।पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्रीको सचिवालयले आफ्नो संलग्नता अस्वीकार गरेको र प्रहरीले प्रधानमन्त्री कार्यालयको चासोका आधारमा सञ्चारकर्मीलाई बोलाइएको दाबी गरेको सन्दर्भमा बमले आदेश दिने व्यक्ति सार्वजनिक गर्नुपर्ने माग गरेकी हुन्।


