विद्युत प्राधिकरणका कर्मचारीमाथि अख्तियारको मुद्दा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण, काठमाडौं ग्रिड महाशाखा, पाटन, ललितपुर सव–स्टेशनका (प्रमुख) सुपरभाइजर सोमप्रसाद पहाडीमाथि अख्तियारले मुद्दा दायर गरेको छ ।

नेपाल बिद्युत प्राधिकरणले गाडेको बिजुलीको पोल सार्नको लागि सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा पहाडीलाई १ लाख ४० हजार रुपैयाँसहित नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा जिर्ण भएको काठको पोल बदली गर्नका लागि लाग्ने खर्च भन्दै पहाडीले सेवाग्राहीबाट १ लाख ४० हजार रुपैयाँ लिएको पुष्टि भएको थियो ।

पहाडीमाथि कानुन बमोजिम सजाय हुन मागदावी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..