जनकपुरधाम । ७१ औँ प्रहरी दिवसको पावन अवसर पारेर मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, धनुषाको प्राङ्गणमा प्रहरी कर्मचारीहरुका लागि आयोजित एक दिवसीय नि:शुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
उक्त स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सकहरुद्वारा General Medicine, Gynae (स्त्री रोग), ENT (नाक, कान, घाँटी) तथा Eye Check-Up (आँखा जाँच) सम्बन्धी सेवा प्रदान गरिएको थियो। यसका साथै शिविरमा USG (भिडियो एक्स-रे), ECG र Blood Test (रक्त परीक्षण) जस्ता प्रयोगशाला (ल्याब) सेवाहरु समेत नि:शुल्क रूपमा उपलब्ध गराइएको थियो।
शिविरबाट मधेश प्रदेश प्रहरी कार्यालय तथा मातहतमा कार्यरत कुल १८० जना प्रहरी कर्मचारीहरुले प्रत्यक्ष रुपमा स्वास्थ्य परीक्षण गराई लाभान्वित भएका छन्। प्रहरी कर्मचारीहरुको स्वास्थ्य अवस्था सुधार एवं मनोबल उच्च राख्ने उद्देश्यले आयोजित यस शिविरले ड्युटीमा खटिने प्रहरीहरुलाई ठूलो राहत पुर्याएको जनाइएको छ।


