७१ औँ प्रहरी दिवसको अवसरमा मधेश प्रदेश प्रहरी कार्यालयमा नि:शुल्क स्वास्थ्य शिविर, १८० प्रहरी कर्मचारी लाभान्वित

​जनकपुरधाम । ​७१ औँ प्रहरी दिवसको पावन अवसर पारेर मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, धनुषाको प्राङ्गणमा प्रहरी कर्मचारीहरुका लागि आयोजित एक दिवसीय नि:शुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

​उक्त स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सकहरुद्वारा General Medicine, Gynae (स्त्री रोग), ENT (नाक, कान, घाँटी) तथा Eye Check-Up (आँखा जाँच) सम्बन्धी सेवा प्रदान गरिएको थियो। यसका साथै शिविरमा USG (भिडियो एक्स-रे), ECG र Blood Test (रक्त परीक्षण) जस्ता प्रयोगशाला (ल्याब) सेवाहरु समेत नि:शुल्क रूपमा उपलब्ध गराइएको थियो।

​शिविरबाट मधेश प्रदेश प्रहरी कार्यालय तथा मातहतमा कार्यरत कुल १८० जना प्रहरी कर्मचारीहरुले प्रत्यक्ष रुपमा स्वास्थ्य परीक्षण गराई लाभान्वित भएका छन्। प्रहरी कर्मचारीहरुको स्वास्थ्य अवस्था सुधार एवं मनोबल उच्च राख्ने उद्देश्यले आयोजित यस शिविरले ड्युटीमा खटिने प्रहरीहरुलाई ठूलो राहत पुर्‍याएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..