धनगढी । कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई १६ वर्षदेखि फरार रहेका कैलालीका एक व्यक्ति पक्राउ परेका छन् ।पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–१ कट्टीपुरका ५८ वर्षीय प्रेमबहादुर शाही रहेका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले शाहीलाई कञ्चनपुरको भीमदत्त नगरपालिका–११ स्थित गड्डाचौकी नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार शाहीले २०६७ पुस २८ गते कर्तव्य ज्यानसम्बन्धी कसुर गरेका थिए । त्यसयता उनी फरार रहँदै आएका थिए ।पक्राउ परेका शाहीलाई कैलाली जिल्ला अदालतको फैसला कार्यान्वयनका लागि अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।


