आईजीपी कार्कीलाई हटाउने सरकारको कुनै योजना छैन, ढुक्क भएर काम गर्न प्रधानमन्त्रीको सन्देश, आईजीपी कार्कीलाई हटाउने सोचसमेत छैन!

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री कार्यालय र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीबीचको स’म्बन्धलाई लिएर पछिल्लो समय मिडिया तथा सामाजिक सञ्जालमा विभिन्न भ्रामक र विवादित समाचारहरू सम्प्रेषण भइरहेका छन्। तर, प्रधानमन्त्री कार्यालय र गृह प्रशासनका उच्च स्रोतहरूका अनुसार ती समाचारहरूमा कुनै सत्यता नरहेको र सरकार तथा प्रहरी नेतृत्वबीच अत्यन्त सौहार्दपूर्ण र सहयोगात्मक वातावरण रहेको पाइएको छ।

सरकारको स्पष्ट सन्देश: “ढुक्क भएर काम गर्नुस्”

प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रहरी महानिरीक्षक कार्कीलाई पदीय दायित्वबाट हटाउने वा परिवर्तन गर्ने सरकारको कुनै सोच वा योजना छैन। बाहिर आएका विभिन्न अड्कलबाजी र भ्रमपूर्ण समाचारहरूप्रति सरकारको गम्भीर ध्या’नाकर्षण भएको छ।

प्रधानमन्त्री कार्यालयका उच्च पदाधिकारीहरूले आईजीपी कार्कीलाई टेलिफोन मार्फत समेत सम्पर्क गरी संगठनको नेतृत्व निष्पक्ष र दृढताका साथ सम्हाल्न र बाहिरका अनर्गल समाचारहरूबाट वि’चलित नभई निर्धक्क भएर खुरुखुरु काम गर्न निर्देशन दिएका छन्। “सरकार आफैँले नेतृत्व परिवर्तनको कुनै सोच बनाएको छैन भने बाहिर आउने प्रायोजित समाचारहरूसँग आत्तिनुपर्ने कुनै कारण छैन,” प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।

प्रहरी संगठनको सुदृढीकरण र आईजीपीको अडान

आफ्नो कार्यकालमा प्रहरी संगठनलाई प्रविधिमैत्री, अनुशासित र शान्ति-सुरक्षा कायम गर्न आईजीपी दानबहादुर कार्कीले खेलेको भूमिका सकारात्मक रहेको छ। उनले आफूले पाएको जिम्मेवारीलाई पूर्ण रूपमा वहन गर्दै शान्ति सुरक्षा सुदृढ बनाउन निरन्तर काम गरिरहेका छन्।

यद्यपि, मिडियामा आएका दुष्प्रचार र असत्य समाचारहरूप्रति स्वयं आईजीपी कार्की भने अ’चम्मित बनेका छन्। प्रहरी संगठनभित्रकै केही असन्तुष्ट तत्त्वहरू र केही सञ्चारकर्मीहरूको गैरजिम्मेवार भूमिकाका कारण सरकार र प्रहरी नेतृत्वबीच फाटो ल्याउने प्रयास भइरहेको बुझाइ प्रहरी मुख्यालयको छ।

यसै सन्दर्भमा, संगठनको आन्तरिक एकता कायम राख्न र मिडियामा आउने भ्रमपूर्ण समाचारहरूको पछि न’लाग्न निर्देशन दिइसकेको छ। संगठनभित्रैबाट कसले र कुन स्वार्थका लागि यस्ता अफवाह फैलाइरहेको छ भन्ने विषयमा पनि सुक्ष्म अध्ययन भइरहेको छ।

अनर्गल प्रचारको पछाडि के छ ?

पछिल्लो समय सामाजिक सञ्जाल र केही अनलाइन मिडियाहरूमा प्रकाशित समाचारहरूमा कुनै ठोस आधार र सत्यता छैन। सरकार र नेपाल प्रहरीबीचको व्यावसायिक सम्बन्धमा दरार पैदा गर्ने र आईजीपीलाई हटाउन लागिएको भन्ने अफवाह फैलाएर आफ्नो व्यक्तिगत वा समूहगत स्वार्थ पूरा गर्न खोज्ने केहि तत्वहरु यसमा सक्रिय देखिएका छन्।

तर, वास्तविकता के हो भने- नेपाल सरकार र नेपाल प्रहरीबीच अहिले अत्यन्तै सकारात्मक, राम्रो र सौहार्दपूर्ण वातावरण छ। सरकार प्रहरी संगठनलाई थप बलियो र सुदृढ बनाउन सहजीकरण गर्न प्रतिबद्ध छ भने प्रहरी नेतृत्व पनि आफ्नो दायित्वप्रति पूर्ण रूपमा समर्पित छ। त्यसैले, बाहिर आएका अनर्गल र भ्रामक समाचारहरूको पछि नलाग्न र भ्रममा नपर्न सम्बन्धित सबैमा आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

एसएसपी अधिकारीको कमान्डमा खटिएको प्रहरी टोलीद्वारा कारागारबाट फरार जबरजस्ती करणी मुद्दाका प्रतिवादी पक्राउ

एसएसपी अधिकारीको कमान्डमा खटिएको प्रहरी टोलीद्वारा कारागारबाट फरार जबरजस्ती करणी मुद्दाका प्रतिवादी पक्राउ

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा कारागार कार्यालय कास्कीमा भएको तोडफोड तथा आगजनीपछि फरार भएका जबरजस्ती करणी मुद्दाका एक प्रतिवादीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। कारागारमा..