काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संवैधानिक परिषदको बैठकमा सहभागी नहुन सदस्यहरुलाई आग्रह गरेका छन् । शनिबार प्रेस विज्ञप्तिमार्फत आइतबार बोलाइएको बैठकमा नजान अध्यक्ष प्रचण्डले सबै सदस्यहरुलाई आग्रह गरेका हुन् ।विज्ञप्तिमा प्रचण्डले भनेका छन्, ‘प्रमुख प्रतिपक्षका नेता तथा सभामुख समेतले भाग नलिने निर्णय सार्वजनिक गरिसकेको स्थितिमा बैठक स्थगित गर्न सरकारसँग आग्रह गर्दै संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायको त्यस्तो बैठकमा सहभागी नहुन संवैधानिक परिषदका सबै सदस्यहरुसँग हाम्रो पार्टी हार्दिृक अनुरोध गर्दछ ।’
संवैधानिक निकायहरुलाई निरंकुशताको मतियार बनाउने गलत मनसायले प्रधानमन्त्रीले अध्यादेशको दुरुपयोग गरेको आरोप पनि अध्यक्ष प्रचण्डले लगाएका छन् ।
लोकतान्त्रिक अभ्यास छलेर सरकारले एकपटक फेरि संवैधानिक परिषदको बैठक मार्फत आफ्नो स्वेच्छारी चरित्र प्रदर्शन गर्न लागेको बताएका छन् ।


