‘अध्यक्ष प्रचण्ड’लाई प्रम ओलीको फोन,‘मेरो कुरा मान्नुपर्छ भन्ने छैन, तर एक पटक भेटौँ न कमरेड ’

कठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई टेलिफान गर्नुभएको छ । माओवादी केन्द्रका एक नेताका अनुसार अध्यक्ष ‘प्रचण्ड’लाई सोमबार बिहान प्रधानमन्त्री ओलीले भेट्ने प्रस्तावसहित टेलिफोन गर्नुभएको हो ।

अध्यक्ष प्रचण्डले बैठक चलिरहेको बेला फोेन आएकाले आफू बैठका रहेकाे बताएको ती नेताले बताएका छन् । ती नेताका अनुसार ओलीले सोमबार बेलुका केही कुराकानी गर्नुछ भन्दै टेलिफोन गर्नुभएको थियो । तर अध्यक्ष प्रचण्डले भने पार्टी नै फरक भइसकेकाले के कुरा गर्नुछ र ? भनेर भन्नुभएकाे ती नेताले बताएका छन्


त्यसको जवाफमा प्रधानमन्त्री ओलीले, तपाईँको कुरा तपाइँसँगै छ, मेरो कुरा मैसँग छ, मेरो कुरा तपाईँले मान्नु पर्छ भन्ने त छैन । तर पनि मतपाईँसँग भेट्न चाहन्छु भन्नुभएको ती नेताले बताए ।


पार्टी एकतालाई सर्वोच्च अदालतले बदर गरिदिएपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र आ आफ्नै अस्थित्वमा आएका छन् । त्यस यता ओली र प्रचण्डबीच कुराकानी हुनसकेको थिएन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..