सरकारमा सहभागिताबारे एकताका साथ जनताको अपेक्षा अनुसार नै निर्णय हुन्छ – प्रबक्ता शर्मा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारमा सहभागिताका बारेमा एकताका साथ जनताको अपेक्षा अनुसार नै निर्णय गर्ने जनाएको छ । विहीबार (आज) कांग्रेसका सभापति शेर बहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारी बैठकले जनअपेक्षा र संविधान अनुसार नै उपयुक्त समयमा सरकारका बारेमा निर्णय लिइने निर्णय गरेको हो ।

बैठकपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार संसदीय दलले निर्णय नगरी अहिले नै सबै कुरा भन्न नमिल्ने बताए । उनले शुक्रबार संसदीय दलको बैठक बसेर सवै बिषयको निर्णयमाा पुगिने तर्क गरे ।

यस पल्ट इन्जुरी टाइममा गोल गर्ने उनले बताए । बैठकमा संवैधानिक, राजनीतिक कोण, संविधानको हित लगायतका विभिन्न कोणबाट पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको उनले बताए ।

स्रोतका अनुसार सरकारको नेतृत्वको जिम्मेवारी पाए कांग्रेस अघि बढ्नुपर्ने पदाधिकारी र पूर्वपदाधिकारीको सुझाव छ । त्यस्तै प्रवक्ता शर्माले विप्लव समूहसँग सरकारको सहमति सकारात्मक रहेको भन्दै त्यसका सहमतिबारे जानकारी नआएकाले यस बिषयमा पछि टिप्पणी गर्ने बताए ।

उनले संविधानको परिधिभित्र रहेर सरकार र बिप्लव समूह समस्याको समाधान गर्नेतर्फ उन्मुख हुनुपर्ने जनाए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..