सरकारमा सहभागिताबारे एकताका साथ जनताको अपेक्षा अनुसार नै निर्णय हुन्छ – प्रबक्ता शर्मा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारमा सहभागिताका बारेमा एकताका साथ जनताको अपेक्षा अनुसार नै निर्णय गर्ने जनाएको छ । विहीबार (आज) कांग्रेसका सभापति शेर बहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारी बैठकले जनअपेक्षा र संविधान अनुसार नै उपयुक्त समयमा सरकारका बारेमा निर्णय लिइने निर्णय गरेको हो ।

बैठकपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार संसदीय दलले निर्णय नगरी अहिले नै सबै कुरा भन्न नमिल्ने बताए । उनले शुक्रबार संसदीय दलको बैठक बसेर सवै बिषयको निर्णयमाा पुगिने तर्क गरे ।

यस पल्ट इन्जुरी टाइममा गोल गर्ने उनले बताए । बैठकमा संवैधानिक, राजनीतिक कोण, संविधानको हित लगायतका विभिन्न कोणबाट पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको उनले बताए ।

स्रोतका अनुसार सरकारको नेतृत्वको जिम्मेवारी पाए कांग्रेस अघि बढ्नुपर्ने पदाधिकारी र पूर्वपदाधिकारीको सुझाव छ । त्यस्तै प्रवक्ता शर्माले विप्लव समूहसँग सरकारको सहमति सकारात्मक रहेको भन्दै त्यसका सहमतिबारे जानकारी नआएकाले यस बिषयमा पछि टिप्पणी गर्ने बताए ।

उनले संविधानको परिधिभित्र रहेर सरकार र बिप्लव समूह समस्याको समाधान गर्नेतर्फ उन्मुख हुनुपर्ने जनाए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

लहान । मधेस प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डिआईजी) उमाप्रसाद चतुर्वेदीले राष्ट्र र नागरिकलाई सर्वोपरि राखी उच्च व्यावसायिक निष्ठाका साथ कर्तव्य निर्वाह गर्न..