नेता बानियाँका आफन्तले प्रलोभन र धम्की दिन थाले: पीडित महिला


जुम्ला । मुगुका सांसद मोहन बानियाँले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी जुम्लाकी महिलाले असुरक्षित महशुस गरेको बताएकी छिन । आरोपी बानियाँका आफन्तले निरन्तर धम्की र प्रलोभन देखाउन थालेपछि अशुरक्षित महशुस गरेको उनले बताएकी छिन् ।


जाहेरी दिएको भोलिपल्ट सांसद बानियाँका ज्वाईले भेटेरै भोलि बिहान १० बजे तपाईको लिएको २५ लाख रुपैयाँ दिन्छौं । जाहेरी फिर्ता लिनुस् भनेको उनको भनाइ छ । पीडित महिलाले भनिन्, ‘मैले जाहेरी दिइसके । म निकै पीडित छु । अब जाहेरी फिर्ता हुदैन । जे गर्छ कानुनले गर्छ ।’ जाहेरी फिर्ता लिन आग्रह गर्दै बानियाँकी छोरीले समेत फोन गरेर प्रलोभन देखाएको उनले बताइन ।


बानियाँको छोरा मदन बानियाँले जाहेरी दिएकै दिन जाहेरीले केही फरक नपर्ने भन्दै धम्की दिएको उनले बताइन । पीडित महिलाले थपिन्, ‘म जाहेरी बोकेर जिल्ला प्रहरी कार्यालय जाँदै थिएँ । बानियाँका छोराले तपार्इंले जाहेरी दिँदैमा कुनै असर पर्दैन । यस्ता करणी घटना कैयांै व्यहोरिसक्यौँ । यसको कुनै तुक छैन भने ।’ बानियाँका आफन्तहरूले पटक पटक फोन गरेर, भेटेरै समेत धम्की दिइरहेको उनले बताइन ।


पीडित महिलाले एक साता अगाडि सामाजिक सञ्जालमा ज्यान जोखिम रहेको जनाएका थिइन । उनले लेखेखकी थिइन, ‘म मरे भने सांसद बानियाँकै कारणले मर्नेछु । उहाँ नै जवाफदेही हुुनु हुनेछ ।’यसपछि घटना दबाउन कर्णाली प्रदेशका सांसद दानसिंह परियार सक्रिय बनेका थिए । उनले पीडित महिलालाई धम्क्याउनेदेखि प्रलोभन देखाएर जाहेरी फिर्ता लिन समेत दबाब दिइरहेको महिलानको भनाइ छ ।

जाहेरी दिँदाको दिनमा पनि सांसद परियार बाँके आएको उनले बताइन । उनले महिलालाई जाहेरी कसरी दर्ता हुन्छ ? हामी पनि हेर्छाै । भन्दै धम्क्याएका थिए । लेनदेनको बिषयमा पनि मिलापत्र गर्न पटक पटक दबाब दिँदै आएको पीडित महिलाले बताइन ।


पटक पटक लिएको रकम फिर्ता गर्न आग्रह गरेपछि सांसद बानियाँले २५ लाख रुपैयाँको चेक दिएका थिए । राष्ट्रिय बाणिज्य बैंकको चेक रहेको खातामा पैसा थिएन । चेक बाउन्स भएको छ । त्यही बाउन्स चेक समेत सांसद परियारसहितको टोलीले खोसेको थियो ।

पीडित महिलाले सांसद बानियाँले जाहेरीमा नेपालगन्जस्थित अप्सरा होटलमा बलात्कार गरेको खुलाएकी छिन् । उनले भनिन्, ‘बानियाँले लिएको रकम फिर्ता गर्ने भन्दै बोलाएर बलत्कार गरे ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..