हामी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल’ भन्ने आँट कसैले पनि गरेन : ओली


काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल’ भन्ने आँट कसैले पनि गर्न नसकेको बताएका छन् ।
पार्टीको विज्ञान तथा प्रविधि विभागले शनिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपालः सुःखी नेपाली’ भन्ने आँट कुनै पनि सरकार र प्रधानमन्त्रीले गर्न नसकेको जिकीर गरेका हुन् ।

उनले कुनै व्यक्ति नभई सिंगो समाजलाई माथि उठाउनका लागि आफूहरुले समृद्धिको एजेण्डालाई अघि बढाएको तर्क समेत गरे । ढिलो होइन, छिटो विकास गर्नका लागि आफूहरुले समृद्धिको एजेण्डालाई अघि बढाएको उनले बताए ।


‘हामी सरकारबाट हटेपछि समृद्ध नेपालः सुखी नेपाली भन्ने शब्द कुनै सरकार, कुनै प्रधानमन्त्री, कुनै नेता हाम्रा विपक्षहरु कसैले पनि समृद्ध नेपाल भन्ने आँट गर्दैन । सुखी नेपाली भन्ने आँट गर्दैन,’ उनले भने, ‘ह्वाट दे वान्ट ? समृद्ध नेपाल भन्ने जसको आँट छैन । भन्न सक्दैन ।

समृद्ध नेपाल भनेको मैले भन्ने गरेको छु नि यो एउटा खरवपति र अर्को चाँही मजदुर उनीहरु दुई वटाको सम्पत्ति मिलाउँदाखेरी एउटाले बार्षिक ४० अर्ब मुनाफा कमायो भने अर्कोले लसमा छ भने पनि २०÷२० अर्व कमाएको देखियो नि त । कमाएको एक जनाले मात्रै हो । एभरेजमा त्यस्तो देखिए पनि बढि त गरिव छ नि । त्यसकारण त्यो रियल डेटा होइन । हामीले गर्न खोजेको मानव विकास हो । समाजको विकास हो । र, सिंगै समाजलाई माथि उठाउने हो । र, मानव समाजलाई मानव बस्न लायकको उत्तरदायी, भविष्यप्रति जिम्मेवार, विनाशकारी होइन, जिम्मेवार विकास । ढिलो होइन, छिटो विकास ।’


अध्यक्ष ओलीले गरिवी छिटो अन्त्य हुने गरी विज्ञान र प्रविधिको प्रयोग गर्न जरुरी रहेको समेत बताए । विकास, निर्माणको कामलाई अघि बढाउनका लागि पनि गरिवी अन्त्य हुन आवश्यक भएकाले विज्ञान र प्रविधिको क्षेत्रमा नेपालले जोड दिएर काम गर्न आवश्यक रहेको पनि उनले स्पष्ट पारे ।


‘अव हामीले भोकमरीको अन्त्य गर्नु छ । र, गरिवी निवारण गर्नुछ । सबभन्दा फाष्ट डेभलपमेन्ट कसरी हुन्छ त भन्दाखेरी हाम्रो १७÷१८ प्रतिशत पपुलेशन अझै पनि गरिवीको रेखामुनि छ,’ ओलीले भने, ‘त्यसकारण त्यो पपुलेशन अहिले पनि डेभलपमेन्टको बारेमा सोच्दैन । पेटको बारेमा मात्रै सोच्छ । पेटको बारेमा सोच्नुनपर्ने भएपछि ज्ञान, विज्ञान, प्रविधि र विकासको बारेमा सोच्न थाल्दछ ।

त्यसकारण रुपान्तरणका लागि टेक्नोलोजी । साईन्सलाई प्रविधिमा कसरी रुपान्तरण गर्ने भन्ने हो । त्यसकारण हामी गरिवीबाट मुुक्त हुनु, भोकमरीबाट मुक्त हुनु एकदमै जरुरी छ । र, सिंगै पपुलेशनलाई गर्न जरुरी छ ।

हामी यो साईन्स एण्ड टेक्नोलोजीको बारेमा किन चर्चा गरिरहेका छौं ? सबै खालको विकासका लागि यसको जरुरी छ । यो पनि छिटो गरिवी अन्त्य गरांै । र, सम्पूर्ण पपुलेशनलाई अगाडि बढाऔं भनेर ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

४ सय ८९ किलो लागुऔषधसहित १ जना पक्राउ

४ सय ८९ किलो लागुऔषधसहित १ जना पक्राउ

पर्सा । पर्सा प्रहरीले ४८९ किलो लागुऔषधसहित पक्राउ परेका एक युवकलाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले कार्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी..