बलिउड अभिनेत्री जसको एमएमएसले बर्बाद पार्‍यो करियर !

काठमाडौं । विभिन्न विवादमा फसेपछि बलिउड उद्योगका कयौं स्टारहरुको करियर गुमनाम बनेको छ । विवादमा फसेपछि गुमनाम हुनेमध्ये अभिनेत्री अलिशा खान पनि एक हुन् । आज उनै विवादपछि गुमनाम बन्न पुगेकी अभिनेत्री अलिशा खानबारे केही तथ्यहरु प्रस्तुत गर्दैछौं ।

अभिनेता इमरान हाश्मीसँग काम गरिसकेकी अलिशा खानको करियर राम्रो चलिरहेको समयमा उनी विवादमा फसेकी थिइन्, जसको कारण उनी गुमनाम हुन पुगिन् । अहिले उनी सामान्य जीवन विताइरहेकी छन् ।

मोडलिङबाट सरु गरेकी थिइन् फिल्मी करियर

अलिशा खान गाजियाबादकी बासिन्दा हुन् । मोडलिङमा करियर बनाइसकेपछि मात्र अलिशा खानले फिल्मी उद्योगमा प्रवेश गरेकी थिइन् । १२ वटा सुपरहिट म्युजिक भिडियो दिएपछि बलिउडमा एलिशाको धमाकेदार एन्ट्री भयो । तर, बलिउडमा अलिशा खानको करियर उनले सोचे जस्तो विन्दूमा भने पुग्न सकेन ।

‘माई हस्ब्यान्डस् वाइफ’बाट बलिउडमा डेब्यू

अलिशा खानले सन् २०१० मा ‘माइ हस्ब्यान्डस् वाइफ’ बाट बलिउडमा डेब्यू गरेकी थिइन् । पहिलो फिल्म फ्लप भएको सात वर्षपछि अर्थात् २०१७ मा अलिशा रविना टण्डनसँग फिल्म ‘मात्रा’ देखिइन् ।

इमरान हाश्मीसँग गरिन् ‘आइना’ फिल्म

अलिशाले इमरान हाश्मीसँग फिल्म ‘आइना’ मा काम गरेकी थिइन । त्यतिबेला उक्त फिल्म रिलिज हुन सकेन । तर, अलिशा र इमरान हाशमीको अफेयरको खबरले बलिउड ततायो ।

ब्वाईफ्रेण्डले लिक गरे एमएमएस

अभिनेत्री अलिशाको फिल्मी करियर राम्रै चलिरहेको थियो । तर, एक दिन ब्वाईफ्रेण्डले अलिशाको एक निजी भिडियो भाइरल गरे, जसको कारण उनको करियर नै एकाएक चौपट भयो ।

अलिशाले आफ्नो ब्वाईफ्रेण्डविरुद्ध कानूनी लडाई लड्ने निर्णय गरिन् । तर अलिशाका परिवारका सदस्यलाई यो कुरा मन परेन । उनीहरुले अलिशाले यस्तो नगरोस् भन्ने चाहन्थे, जसको पछाडिको कारण थियो बदनामी ।

जब अलिशा एफआईआर दर्ता गर्न प्रहरी चौकी गइन्, तब उनका परिवारका सदस्यले उनलाई घरबाट नै निकालिदिए ।

बस्ने टुंगो थिएन

परिवारका सदस्यहरूले घरबाट निकालेपछि अलिशा खानसँग बस्ने ठाउँ थिएन । त्यसरी नै उनले जीविकोपार्जन गर्दै आएकी थिइन् । यसबारे अभिनेत्री अलिशा आफैले एक अन्तर्वार्तामा खुलासा गरेकी थिइन् ।

कहाँ छन् अलिशा खान ?

त्यसपछि अलिशा खानले टिभी पत्रकार वसीम अख्तरसँग विवाह गरेकी छन् । मिडिया रिपोर्टका अनुसार उनीहरु दुवैको भेट फिल्मको प्रमोशनका क्रममा भएको थियो । पछिल्लो समय अलिशा फिल्म उद्योगबाट टाढा छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक..