एसपी भण्डारीको सक्रियताले बालक अपहरणमा संलग्न काकासहित दुई जना पक्राउ

सिरहा । बालक अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले आफ्नै काबासहित २ जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहामा सोमबार पत्रकार सम्मेलनगरीे सिरहा नगरपालिका – १ स्थित डुम्वाखत्ताका प्रदिप यादवको २ वर्षिय छोरा प्रियान्सु यादव अपहरणमा संलगन रहेको अभियोगमा प्रहरीले काका नाता पर्ने कुलदिप यादव र सिरहा नपा १५ सुखचैनाका २३ वर्षिय भरोसी यादवलाई नियन्त्रयामा लिई सार्वजनिक गरेको होे ।


अनुसन्धानको क्रममा प्रियान्सुको काका कुलदिप यादवकै योजनामा बालक अपहरण भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक सुदिपराज भण्डारीले जानकारी दिनुभयो । कल ट्रेशिङ र अन्य अनुसन्धानको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।


भारतीय कन्सुलर पार्टससँग समन्वय गरी भारत विहार प्रदेशको मधुवनी जिल्ला खाजेडीबाट माघ २० माघमा अपहरणमा परेका बालकको २३ गते उद्धार गरी आमा संजिता यादवको जिम्मा लगाएको थियो ।
पक्राउ परेका उनीहरुलाई हिजो आइतबारै जिल्ला अदालत सिरहाबाट अपहरण तथा शरिर बन्धक मुद्दामा ७ दिनको म्याद थप गरीएको छ । अपहरणबारे अन्य अनुसन्धान कार्य भईरहेको एसपी भण्डारी जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक..