‘कंश’ मामा जसले पैसाको लोभमा आफ्नै भान्जाको फिरौती मागे

जनकपुरधाम । प्रदेश २ प्रहरीले आफ्नै भान्जालाई अपहरण गरी एक करोड फिरौती मागेको अभियोगमा एक जनालाई सार्वजनिक गरेको छ। धनुषाको नगराइन नगरपालिका–६ लगमाबाट रमेश दासका सात वर्षीय छोरा अपहरणमा परेका थिए। अपहरण गरेको अभियोगमा पिपरा गाउँपालिका वाड नम्बर ७ दनौलीका २० वर्षीय लक्ष्मेश्वर दासलाई पक्राउ गरेको हो।

अभियुक्त दास अपहरण भएका बालकका मामा हुन्। मामा भएकै कारणले पनि सहजै बालक उनीसँग जान तयार भएका थिए। ती अवोध बालकलाई आफ्नै मामा ‘कंश’ निस्किएलान् भन्ने के थाहा?
शनिवार दिउँसो छिमेकी बच्चाहरूसँग खेल्न जाँदै घरबाट निस्किएको बेला लक्ष्मेश्वरले आफ्नै भान्जालाई अपहरण गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ। आइतवार जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गर्दै अभियुक्तलाई सार्वजनिक गरेको थियो।

कसरी परे अपहरणमा?

बालक शनिवार दिउँसो १ बजे छिमेकी बच्चाहरूसँग खेल्न घरबाट बाहिर निस्किएका थिए। तर, तीन घण्टासम्म पनि बालक घर फर्किएनन्। उनी घर नफर्किएपछि परिवारका सदस्यहरूले खोजतलास सुरु गरे। बालक फेला परेनन्।

त्यसपछि साँझ ५ बजे बालकको आमाको मोबाइलमा आएको फोनले सबैको होस उडायो। हावा सरी आएको त्यो फोन सामान्य थिएन।

अपरिचित नम्बरबाट आएको फोनमा एक युवकले भनिरहेका थिए, ‘तिम्रो छोरालाई हामीले अपहरण गरेका छौँ। छोरा चाहिए १ करोड रुपैयाँ लिएर आऊ अनि छोरा लिएर जाऊ।’ छोराको अपहरण भएको जानकारी पाउनासाथ बाबु रमेश र आमा अत्तालिए। कुनै उपाय नलागेपछि दुवै जनाले छोरो अपहरणमा परेको कुरा प्रहरीलाई जानकारी गराए। अपहरणको सूचना पाए लगत्तै २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायव महानिरीक्षक ( डीआईजी ) धिरजप्रताप सिंहले जिल्ला प्रहरी कार्यालय धनुषा प्रहरी प्रमुखको नेतृत्वमा एउटा सन्युक्त प्रहरीको टिम बनाइयो । त्यसपछि प्रहरीको टिम ‘एक्सन’ मा आयो।

२ नम्बर प्रदेश प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले बालक अपहरण भएको खबर आएलगत्तै,२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरीको टोली सक्रिय भएर खबर प्राप्त भएको तीन घण्टापछि बालकलाई उद्धार गरेको बताए।

डीआईजी सिंहले भने, ‘अपहरणकारीको फोनको लोकेसन जनकपुरको माछा बजार देखाइरहेको थियो। फोन लोकेसनकै आधारमा चन्दनका मामा लक्ष्मेश्वरलाई डेरा गरी बस्ने जनकपुर उपमहानगरपालिका वडा नम्बर – ७ स्थित कटैया चौरीबाट नियन्त्रणमा लियौँ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लहान । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) दान बहादुर कार्की सहित ६ जना प्रहरी अधिकृत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि..