‘भागरथी चाउचाउ खाँदै आउँदै थिइन्, धक्का दिँदा लडेर बेहाेस् भइन् अनि घाँटी थिचेर हत्या गरेँ’

बैतडी । बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर – ७ की भागरथी भट्टको हत्यामा संलग्न भएको भनि पक्राउपछि सार्वजनिक गरिएका दिनेश भट्टले साबिति बयानमा हत्या स्वीकार गरेको प्रहरीले जनाएको छ । यसअघि प्रहरी र परिवारका सदस्यलाई आफू पूरै कक्षा पढेर आएको बताए पनि विद्यालयको रेकर्ड र खोचलेकमा भेटिएका साथीहरुका आधारमा उनी टिफिन समयमा नै घर गएको देखिएपछि प्रहरीको अनुसन्धान उनीतिर केन्द्रित पारिएको थियो । दिनेश भागरथीका नजिकका भाइ नाता पर्छन् ।  

दिनेश टिफिनको समयमा विद्यालयमा भलिबल खेलेर घर आए । उनीसँगै टिफिनमा घर आएका भानदेव भट्ट र लीलाधर भट्टले उनलाई खोचलेक बजारमा देखे । खोचलेक बजार उनीहरुले पढ्ने सनातन धर्म माविबाट झण्डै ५–७ मिनेटको पैदल दुरीमा पर्छ । खोचलेक बजारमा तीनै जना र भागरथीको भेट भयो । भागरथीले उनीहरुसँग घर कति बेला जाने भनेर सोधिन् । भानदेव र लीलाधरले कपाल काटेर मात्रै घर जाने भनेपछि भागरथी त्यहाँबाट घर हिँडेको प्रहरीले बताएको छ ।  

भानदेव र लीलाधर कपाल काटन सैलुन छिरे । तर दिनेश त्यहाँबाट भागरथीको भन्दा चार–पाँच मिनेट पछाडि घरतिर हिँडे । उनले यसअघि आफूले बाटोमा कसैलाई पनि नदेखेको, विद्यालयबाट पनि पूरै कक्षा पढेर आएको जस्ता झुटो कुराले उनीमाथि गहिरो अनुसन्धान सुरु गरिएको थियो । ’दिनेशले विद्यालयबाट हिँडेको समय १ः४५ बजे हो । भागरथी र तीनै जनाको १ः५० मा खोचलेकमा भेट भयो । त्यसपछि घटनास्थल पुग्ने समय भनेको झण्डै ४० मिनेट अथवा २ः३० हो । तर दिनेश ३ः२५ सम्म घटनास्थल नजिकै छन् । ’उनले घरमा पूरै पिरियड पढेर आएको भने पनि पत्याउन नसकिने देखिन्छ’, प्रहरी स्रोत भन्छ, ’तर उनले टिफिनमा कक्षा छोडेपछि र घर ढिलो पुगेको पत्ता लागेपछि अनुसन्धान बढी केन्द्रित पारिएको थियो ।’ 

प्रहरीले दिनेशलाई ३ः२५ मा घटनास्थल नजिकैको लवलेकको नवनिर्मित मैदान नजिक देखेको प्रत्यक्षदर्शीले बताएका छन् । ’प्रत्यक्षदर्शीका आधारमा अनुसन्धान अझ सहज भएको प्रहरीले जनाएको छ । दिनेश शव भेटिएको दिन घटनास्थलमा थिए । उनी केहीबेर मात्र घटनास्थलमा बसेर छिट्टै घर फर्किए । त्यस दिन घटनास्थलमा पुगेका प्रहरीहरुले घटनास्थल सिल पारिसकेको थियो । त्यहाँ प्रहरीको तालिम प्राप्त कुकुर आउने भएकाले घटनास्थलमा कसैलाई नजान भनिएको थियो । भागरथीको शव उठाएको दिन अथवा घटनास्थलमा धनगढीबाट तालिम प्राप्त कुकुर पुगेको दिन दिनेश त्यहाँ गएनन् । ‘उनको ट्राभल हिस्ट्री हेर्दा उनी तालिम प्राप्त कुकुर आएको दिन गोठालो गएका रहेछन्’, एक प्रहरी अधिकृतले भने ।

भागरथीकी आमाले भागरथी आइन् र ? भनि सोध्दा दिनेशले नदेखेको बताएका थिए । भागरथीको खोजी गर्दा, फोन गर्दा उनी डराएर छटपटिए झैँ हुन्थे’, ती प्रहरी अधिकृतले भने । तर मङ्गलबारको बेलुकी उनले साबिति बयानमा आफूले भागरथीको हत्या गरेको स्वीकार गरेका छन् । बैतडीको दोगडाकेदार गाउँपालिका ७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका दिनेश भट्ट घटनाको दिन डेढ घण्टा पहिल्यै बाटोमा कुरेर बसेको खुलेको छ । भागरथी कक्षा १२ मा पढ्थिन् भने दिनेश कक्षा ११ मा । उनीहरुबीच दिदी–भाइको नाता पर्छ । तर माघ २१ गते दिनेश दुई कक्षा छाडेर हत्या गर्नकै लागि बाटोमा कुरेर बसेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

पक्राउपछि दिनेशको भनाइलाई उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘म बाटोमा पहिल्यै बसेको थिएँ । भागरथी दिदी चाउचाउ खाँदै आउँदै थिइन् । सुरुमा मैले उनको किताब फालेँ । त्यसपछि उनलाई पनि पछाडिबाट धक्का दिएँ । उनी लडेर बेहोस भइन् अनि घाँटी थिचेर मारेँ ।’ उनले भागरथीलाई लडाएर बेहोस बनाएपछि बलात्कार गर्न खोजेको भने बयानमा स्वीकार गरेको प्रहरी स्रोतले जानकारी दियो । बलात्कारको प्रयास गरेको तर नगरेको बयान दिएको प्रहरी स्रोतले जानकारी दियो ।

यस्तो छ साबिति बयान–  

म मध्यान्तरमा स्कुलमा (सनातन धर्म मावि) भलिबल खेलेर घर आएँ । त्यसपछि खोचलेकमा मेरो भागरथीसहितका अरु तीन जना आफ्नै गाउँका युवाहरुसँग भेट भयो । उनीहरु कपाल काट्न थाले । म त्यहाँबाट घरतिर हिँडे । मैले सिल्ल भन्ने स्थानमा भागरथीलाई भेटेँ र म फटाफट ती भन्दा अगाडि घरतिर लागेँ । घटनास्थल भएको स्थानमा म भागरथी भन्दा अगाडि नै पुगिसकेको थिएँ । केही बेरमा भागरथी आइन् । उनी पुग्नेबित्तिकै मैले सडकबाट धक्का दिएर सानो खोल्सोमा (जहाँ शव भेटिएको थियो) लडाएँ । ऊ लडी र घाइते भइ । अनि मैले घाँटी थिचेर मारिदिएँ । त्यसपछि म घर हिडेँ ।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..