आईजीपी खनालबाट विजया दशमी, दिपावली तथा छठपर्वको अवसरमा शुभकामना व्यक्त


काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले नेपालीहरुको महानचाड विजयादशमी र आउँदै गरेको शुभ दिपावली तथा छठपर्वको अवसरमा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरुका परिवारजनमा हार्दिक मंगलमय
शुभकामना ब्यक्त गर्नुभएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट असोज २४ गते देशभर कार्यरत तथा बिभिन्न राष्ट्रसंघिय मिसनहरुमा रहि शान्ती स्थापनार्थ विदेशमा खटिएका सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई शुभकामना दिनुहुँदै सुख, शान्ति, समृद्धि एवं दिर्घायुको
कामना गर्नुभयो ।


उहाँले राष्ट्र र जनताको सेवा र सुरक्षाका खातिर आफ्नो प्राणको आहुति दिएका अमर सशस्त्र प्रहरीको त्याग तथा योगदानको स्मरण गर्नुुहुँदै जिम्मेबारी निर्वाहको क्रममा घाइते तथा अङ्गभङ्ग भएका सशस्त्र प्रहरी कर्मचारीहरुको शिघ्र स्वास्थ्यलाभको कामना समेत गर्नुभयो ।


सशस्त्र प्रहरी महानिरीक्षक खनालले चाडपर्वको समयमा हुनसक्ने विभिन्न आपराधिक क्रियाकलापहरुलाई मध्यनजर राख्दै आ–आफ्नो जिम्मेवारी ईलाकामा सुरक्षाको भरपर्दो व्यवस्था मिलाइ आम नागरिकले सुख र शान्तीपूर्वक
हर्षोल्लासका साथ पर्व मनाउने वातावरण बनाई कार्यक्षेत्रमा पूर्ण व्यवसायीक भई जिम्मेवारी निर्वाहमा क्रियासिल रहन त्यसै अवसरमा सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो ।


सशस्त्र प्रहरी महानिरीक्षक खनालले व्यक्तिगत स्वार्थ भन्दा माथि रहि देश र जनताको सेवा र सुरक्षालाई पहिलो प्राथमिकतामा राखि थप सजकताकासाथ
परिचालन हुन सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो । उहाँले चाडपर्वको बेला स्वदेश तथा विदेशबाट आउने नागरिकको सहयोग तथा सुरक्षकालागि देशका विभिन्न नाकाहरुमा सहायता कक्ष स्थापना गरि निस्वार्थभावले सेवा प्रदान गर्दै देश र जनताको सेवा, सुरक्षा तथा आपतविपद्मा परेकाको उद्वार कार्यमा कटिबद्ध भई लाग्नुपर्ने बताउनुभयो ।


उक्त शुभकामना सन्देश सशस्त्र प्रहरी बल, नेपालले प्रयोगमा ल्याएको ‘लाइभ भिडियो स्ट्रीमिङ’, इन्ट्रानेट तथा सशस्त्र प्रहरी संचारद्वारा देशभर रहेका सशस्त्र प्रहरी बल, नेपालका इकाईहरुमा प्रत्यक्ष प्रसारण गरि हेर्ने र सुन्ने ब्यवस्था मिलाईएको थियो ।


कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्धय पुष्पराम के.सी. र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल, नेपालका अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..