सशस्त्रका जवान १५ हजार घुससहित पक्राउ

रुपन्देही । रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट मझगावामा कार्यरत सशस्त्र प्रहरी जवान याम बहादुर खत्री १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

भारतबाट भन्सार छली कपडा र किराना सामान ल्याउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागिरहेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयबाट खटिएको टोलीले उनलाई सोमबार नियन्त्रणमा लिएको हो ।

खत्री सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ परेको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..