सशस्त्र प्रहरीको एआईजीमा बढुवा भएका गणेश बहादुर ठाडा मगरले लगाए फुली

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजी) राजु अर्यालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा भएका गणेश बहादुर ठाडा मगरलाई औपचारिक रूपमा दज्र्यानी चिन्ह प्रदान गरेका छन्।

बढुवा समितिको सिफारिसका आधारमा ठाडा मगरलाई हालै एआईजी पदमा बढुवा गरिएको हो। बुधबार (असार ४ गते) सशस्त्र प्रहरी बलको मुख्यालय, हलचोकमा आयोजित विशेष कार्यक्रममा आईजी अर्यालले ठाडा मगरलाई पद अनुसारको दज्र्यानी चिन्ह लगाइदिएका हुन्।

कार्यक्रममा सशस्त्र प्रहरीका वरिष्ठ अधिकृतहरू, कर्मचारी, तथा अन्य सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको अवसरमा महानिरीक्षक अर्यालले ठाडा मगरको पेशागत योगदान, कार्यकुशलता र नेतृत्व क्षमताको प्रशंसा गर्दै नयाँ जिम्मेवारीमा सफल कार्यकालको शुभकामना व्यक्त गरे।

बढुवापछि ठाडा मगरले आफ्नो जिम्मेवारीलाई इमानदारी, पारदर्शिता र राष्ट्रसेवामा समर्पित भावनाका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..