सप्तरीमा ठूलो परिमाणमा गाँजा बरामद, एक महिला पक्राउ

राजविराज । सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोस्थित रामकेबल मण्डलको घरबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ ।

सशस्त्र प्रहरी बल बेस पातो र इलाका प्रहरी कार्यालय कल्याणपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले मण्डलको घरमा लुकाई छिपाई राखिएको ३८८ किलो ७३० ग्राम गाँजा बरामद गरेको हो ।

बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी निरीक्षक नरेन्द्र सिंह धामी र प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले शनिबार बिहान १०:३० बजे मण्डलको घर खानतलासी गर्दा निर्माणाधीन शौचालयबाट २ बोरा, गाईगोठबाट १ बोरा र घरनजिकको बाँसझ्याङबाट ९ बोरा गरी जम्मा १२ बोरामा गाँजा फेला पारेको हो ।

प्रहरीले घटनास्थलबाट रामकेबल मण्डलकी श्रीमती ४१ वर्षीया रेखा कुमारी मण्डललाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कल्याणपुर ल्याएको छ भने घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..