सिरहाका विभिन्न सीमा क्षेत्रबाट १४ लाख ५७ हजार रुपैयाँभन्दा बढीको सामान बरामद

सिरहा । सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाले जिल्लाका विभिन्न सीमा इलाकाबाट करिब १४ लाख ५७ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ।

मिति २०८३ असोज १ गते विभिन्न सीमा क्षेत्रबाट खटिएको सशस्त्र प्रहरीको टोलीले मोटरसाइकल, कस्मेटिक सामग्री, पेय पदार्थ, हार्डवेयरका सामान, मोबाइल डिस्प्ले, लत्ताकपडा, खेलौना, सुर्ती तथा किराना सामानलगायत सामग्री बरामद गरेको हो।

बरामद गरिएका सामानको जम्मा मूल्य रु. १४ लाख ५७ हजार ७ सय ४७ रहेको सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाले जनाएको छ।

बरामद सामानहरू आवश्यक कानुनी प्रक्रिया पूरा गरी सिरहा भन्सार कार्यालयमा दाखिला गरिएको गणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..