सर्वाेच्चको आदेशपछि डिआइजी श्रेष्ठले पाए अवकाश,यसअघिको अन्तरिम आदेश खारेज

काठमाडौं । सर्वोच्च अदालतको आदेशसँगै सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) प्रविणकुमार श्रेष्ठले अवकाश पाएका छन् । बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश कुमार चुडालको इजलासले श्रेष्ठको यसअघिको अन्तरिम आदेशलाई निरन्तरता नहुने अन्तरिम आदेश जारी गरेसँगै डिआइजी श्रेष्ठले अवकास पाएका हुन् ।

शुक्रबार न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा श्रेष्ठको मुद्धा सुनुवाइ भएको थियो । र, अन्तरिम आदेशका लागि बुधबार दुवै पक्षलाई छलफलका लागि बोलाइएको थियो।अवकाशप्राप्त गरेका झण्डै एक महिनापछि सेवामै निरन्तरता रहन माग गर्दै साउन ७ गते श्रेष्ठले गृह मन्त्रालयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

त्यसपछि न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले अल्पकालीन अन्तरिम आदेश दिँदै जवाफसहित उपस्थित हुन गृह मन्त्रालयलाई निर्देशन दिएको थियो।डीआईजी श्रेष्ठ गत असार ८ गतबाट अनिवार्य अवकाश प ाएका थिए ।

तर, कार्यकाल चार वर्ष भएपनि सशस्त्र प्रहरी मुख्यालयको सिफारिसमा थप एक वर्ष कार्यकाल थप्न सकिने प्रावधान नियमावलीमा छ। र, त्यही प्रावधानअनुसार श्रेष्ठले पद थप्न भन्दै गृह मन्त्रालयको स्विकृत गरेको अवकासविरुद्ध अदालत गएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..