सशस्त्र डीआईजी श्रेष्ठको सेवा अवधि १ वर्ष थप,अब साढे दुई वर्ष आईजीपी पक्का

काठमाडौं । सरकारले सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) प्रविणकुमार श्रेष्ठको सेवा अवधि एक वर्ष थप गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नम्बर ७ बाहिनीका बाहिनीपति श्रेष्ठको सेवा अवधि एक वर्ष थप गरेसँगै भावी महानिरीक्षक (आईजीपी) बन्ने बाटो पनि खुलेको छ ।

सशस्त्र प्रहरी नियमावली २०७२ अनुसार सशस्त्र प्रहरीमा एआईजी र नायव महानिरीक्षक (डीआईजी) को पदावधि चार/चार वर्ष रहेको छ । सशस्त्र प्रहरी नियमावली २०७२ को खण्ड ६४ को नियम २ को उपनियम १ मा भने एआईजी र डीआईजीको पदावधि एक वर्ष थप्न सकिने उल्लेख छ । सोही नियमावलीअनुसार सरकारले डीआईजी श्रेष्ठको सेवा अवधि थप गरेको हो ।

एक वर्ष सेवा अवधि थपसँगै डीआईजी श्रेष्ठ १९ वैशाख २०७९ मा सशस्त्रको नेतृत्वमा पुग्ने छन् । २७ कात्तिक २०५२ मा प्रहरी सेवामा प्रवेश गरेका उनी २६ कात्तिक २०८२ सम्म सशस्त्रको नेतृत्वमा रहनेछन् ।
सरकारले सेवा अवधि थप नगरेको भए उनी बुधबार नै अवकाशमा जाने थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..