सशस्त्रलाई स्टेचर सहयोग

काठमाडौं । पर्वतीय उद्धार र उपचारमा क्रियाशील सोलुखुम्बुका डा. निमा नाम्गेल शेर्पाले सशस्त्र प्रहरीका लागि १५ थान स्टेचर सहयोग गरेका छन् ।बिहीबार सशस्त्र प्रहरी बल नेपाल नं. ९ पशुपतिनाथ बाहिनी बलम्बुमा आयोजित एक कार्यक्रमका बीच बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्याललाई उनले ती स्टेचर हस्तान्तरण गरेका हुन् ।

शेर्पाले ती स्टेचर विपद् उद्धारका क्रममा उपयोगी हुने विश्वास व्यक्त गरे । नायब महानिरीक्षक अर्यालले स्टेचर प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्दै यी सामग्रीको विपद् उद्धारमा पूर्ण रुपमा सदुपयोग गरिने बताए ।

कठिन भूबनोट तथा अप्ठ्यारो स्थानमा विपद् प्रतिकार्य तथा उद्धारमा प्रयोग हुने स्टेचरको कुल मूल्य ६ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..