सशस्त्रले पचिस लाखका राडो घडीसहित तस्करलाई समात्यो

रौतहट । सशस्त्र प्रहरी बलले रौतहटबाट करिब २५ लाख रुपैयाँ बराबरका १४ थान राडो ब्राण्डका घडी सहित तस्करलाई पक्राउ गरेको छ ।


रौतहटको ईशनाथ नगरपालिका–४ रामनगर स्थित सीमा इलाकाबाट ४ माघमा एपीएफ टोलीले करीव २४ लाख ६३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको राडो कम्पनीको १४ वटा हाते घडीसहित एक जनालाई पक्राउ गरेको हो।


पक्राउ पर्नेमा सोहि जिल्लाको गौर नगरपालिका–५ पोखरीया बस्ने १८ वर्षिय निजामुद्दिन खान छन् ।सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट रामपुरखाँपबाट खटिएको एपीएफ टोलीले उनलाई घडीसहित पक्राउ गरेको हो । ना ३९ प ६७८३ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज खानलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा घडी फेला परेको हो । एपीएफ टोलीले उनले चढेको मोटरसाइकल समेत बरामद गरेको छ ।


पक्राउ परेका खानलाई बरामद घडी तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौरमा बुझाइएको छ । बरामद मोटरसाईकलको भन्सार दाखिला मुल्य ८५ हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..