सीमावासीले सुरक्षित महसुस गरेका छन् : सशस्त्र आईजिपी खनाल

महोत्तरी । सशस्त्र प्रहरी महानिरीक्षक ( आइजिपी ) शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय र नम्बर ३९ गण महोत्तरीको उद्घाटन गरेका छन् । त्यसैगरी, सशस्त्र प्रहरी बल, नम्बर ८ गण धनुषाको समेत समुद्घाटन गरेका हुन् ।
महानिरीक्षक खनालले उद्घाटन गर्दै सशस्त्र प्रहरी बल राष्ट्रको रक्षा, सीमानाको सुरक्षा, राष्ट्रियताको जगेर्ना र नेपाली जनताको सेवा, सुरक्षा, सहयोग तथा उद्वारका लागि प्रतिबद्ध रहेको दावी गरे ।


उनले संगठनका अग्रज तथा सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको मेहनत, त्याग र समर्पणको फलस्वरुप संगठन राज्यको भरपर्दो सुरक्षा निकायको रुपमा स्थान बनाउन सफल रहेको बताए ।
महानिरीक्षक खनालले सांगठनिक पुर्नसंरचना पश्चात सीमामा पहिले भन्दा बढी संख्यामा जनशक्ति परिचालित भई सीमामा २ सय २१ मध्ये २ सय ५ वटा बिओपी स्थापना भइसकेको जानकारी दिएका छन् ।


खनालले पोष्ट स्थापना पश्चात चोरी तस्करी नियन्त्रण, सीमा अपराध नियन्त्रण, राज्यको राजस्व वृद्धि हुनुका साथै सीमा क्षेत्रका नागरिकले समेत सुरक्षित महसुस गरेको दावी समेत गरे ।उनले उत्तरी सीमाका उच्च हिमाली भू–भागको कठ्यांग्रीने जाडोदेखि दक्षिणी सीमाको अत्याधिक गर्मी र हावाहुरीको सामना गर्दै सुदूर पूर्वको ओलाङचुङगोलादेखि सुदूरपश्चिमको कालापानी, लिपुलेक नजिकको छाङ्गरु सम्मको उत्तरदायित्व व्यावसायिक कुशलतापूर्वक सम्पादन गर्दै आइरहेको बताए ।

कार्यक्रममा नेपाली सेना मध्यपूर्वी पृतनापति उपरथि सुरेशकुमार कार्की, जिल्लास्थित विभिन्न नगरपालिकाका प्रमुखहरु, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, नागरिक समाज, बुद्धिजीवि तथा स्थानीय भद्रभलाद्मी लगायत, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालका वरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..