नवमी र दशमीमा सशस्त्र प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गर्ने कुन-कुन रुटमा चल्नेछ ?

काठमाडौं । दशैँको अवसरमा सशस्त्र प्रहरी बल (एपीएफ)ले काठमाडौँमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । एपीएफले दशैको दुई दिन (महानवमी र विजयादशमी)मा निःशुल्क बस सेवा सञ्चालन गर्न लागेको हो।

एपीएफका अनुसार यो सेवा २८ गते बिहीबार बिहान १० बजेदेखि २९ गते शुक्रबार साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । बसले दुइटा रूटमा चक्रपथ परिक्रमा गर्नेछ।पहिलो रूटमा एपीएफको प्रधान कार्यालय हलचोकदेखि वनस्थली, बसुन्धारा, चाबहिल, कोटेश्वर, सातदोबाटो, कलंकी हुँदै हलचोक फर्किनेछ।

यस्तै, दोस्रो रूटमा हलचोकबाट स्वयम्भू चोक, कलंकी, सातदोबाटो, कोटेश्वर, चाबहिल, वनस्थली हुँदै हलचोकसम्म संचालन हुने एपीएफले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..