सशस्त्र आईजीपी खनाल भारत भ्रमणका लागी दिल्ली प्रस्थान गर्दै

काठमाडौं । असोज १८ गते
आज सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल भारत भ्रमणका लागी दिल्ली प्रस्थान गर्दै हुनुहुन्छ ।

भारतीय सशस्त्र सीमा बलको निमन्त्रणामा उनि तीन दिने दिल्ली भ्रमणमा जान लागेका हुन ।सशस्त्र प्रहरी महानिरीक्षक खनालले सीमा नै हेर्ने डीआईजी चन्द्रप्रकाश गौतमलाई भ्रमण दलमा नराखेर मानवस्रोतका डीआईजी पौडेललाई भ्रमणदलमा राखेपछि सशस्त्रमा त्यसलाई आश्चर्यका साथ हेरिएको छ ।

भ्रमण दलमा सशस्त्रको अप्रेसन र सीमा हेर्ने एआइजी पुष्पराम केसी र मानवस्रोतमा भर्खरै सरुवा भएर आएका डीआईजी नारायणदत्त पौडेल पनि सहभागी हुंदैछन् । भ्रमण दलमा गृह र परराष्ट्र मन्त्रालयका अधिकारी पनि सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..