डीएसपी रावलको सक्रियताले बाढीमा फसेका कैलालीका दुई जनाको मध्यराति सकुशल उद्धार

काठमाडौं ।  सशस्त्र प्रहरी बल नेपालका डीएसपी प्रेमबहादुर रावलको सक्रियताले बाढीमा फसेका कैलालीका २ जनाको मध्यराति सकुशल उद्धार गरिएको छ । बिहिबार घाँस काट्न गएका गौरीगंगा नगरपालिका वार्ड न. ३ कुचैनी बस्ने राजाराम सापकोटा र बर्ष १८ कि आरती सापकोटालाई मध्यराति १२ बजे नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले प्याडल बोडद्दारा उद्धार गरेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

घास काट्न गएका उनिहरु एक्कासी शिवगंगा नदी र झिलखोलामा बाढी आएपछि उनिहरु बिच भागमा अड्किएका थिए । उनिहरु त्यहाँ रहेको सुचना पछि मध्यराति १२ बजेको समयमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।  यस्तै  सूचना अधिकारी जोशीका अनुसार बिहिबार देखि परेको अविरल वर्षाका कारण कैलालीमा १ घर बगाएको छ ।

जिल्लाको गोदावरी नगरपालिका–४ स्थित गोदावरी नदीमा बाढी आउँदा काठे पुल, दुर्गा मन्दिरस्थित ४२ वर्षीय गणेशदत्त पाण्डेको इँटाले बनेको टिनले छाएको १ कोठे किराना पसल र काठले बनेको टिनले छाएको प्रतिक्षालय बगाएको हो । यस्तै अबिरल वर्षाकै कारण लम्कीचुहा नगरपालिका वडा न ३ बल्चौरमा गोपाल चौधरीको एक तले जस्ताले छाएको समेत भत्किएको छ ।

घर भत्किदा सोही घर भित्र बसिरहेका वर्ष ७५ का गोपाल चौधरी र निजकी श्रीमती वर्ष ७२ की गौरी चौधरी सामान्य घाईते भएका छन् भने उनिहरुको  स्थानीय क्लिनीकमा उपचार भईरहेको प्रशासनले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..