सशस्त्र प्रहरीको सीमामा १ सय २० थपिँदै

काठमाडौं । सरकारले नेपालको सीमा सुरक्षाका लागि बोर्डर आउट पोस्ट (बीओपी) को स्थापनालाई तीव्रता दिएको छ । सरकारले सीमा सुरक्षालाई मजबुद्ध बनाउन र नेपाली भूमिको रक्षा गर्नका लागि पछिल्ला वर्षमा सीमानामा बीओपी स्थापना गर्ने कार्यलाई उच्च प्राथमिकता दिँदै आएको छ । बीओपी स्थापनालाई सत्ता गठबन्धले हालै सार्वजनिक गरेको सरकारको साझा कार्यक्रममा पनि प्राथमिकता दिइएको छ ।


हालसम्म भारततर्फ २ सय १७ र चीनको सीमातर्फ ७ वटा बीओपी स्थापना भएर सञ्चालनमा आइसकेको छ । सीमा सुरक्षा र सीमाको व्यवस्थापनको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलले बीओपीको संख्या बढाउँदै लगेको हो । महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरीको नेतृत्व सम्हालेको साढे तीन वर्षको अवधिमा १ सय ३७ वटा बीओपी थपिएको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता राजु अर्यालका अनुसार सीमा नाकामा ५ सयभन्दा बढी बीओपी स्थापना गर्ने लक्ष्य राखेर सशस्त्रले गृह मन्त्रालयसँग थप बीओपी स्थापना गर्न अनुमति मागेको छ ।


हाल प्रदेश नम्बर १ मा ५२, प्रदेश नम्बर २ मा ७२, वागमती प्रदेशमा ९, गण्डकीमा २, लुम्बिनीमा ४१, कर्णालीमा १ र सुदूरपश्चिम प्रदेशमा ४७ वटा बीओपी स्थापना भएर सञ्चालनमा आएको छ । सबैभन्दा बढी २ नम्बर प्रदेशमा ७२ वटा र सबैभन्दा कम कर्णाली प्रदेशमा १ वटा बीओपी स्थापना भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..