सशस्त्र प्रहरी सहायक निरीक्षकको आधारभूत तालिममा उत्कृष्ट बने प्रेमबहादुर


काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखरामा संचालित सि.सं. १४ (ख) सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको समापन भएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सोही शिक्षालयमा साउन १९ गते एक कार्यक्रमकाबीच उक्त तालिमकोे समापन गरेका हुन् ।

महानिरीक्षक खनालले तालिमका उत्कृष्ट प्रशिक्षार्थी सशस्त्र प्रहरी सहायक निरीक्षक प्रेमबहादुर थापालाई पुरस्कार तथा तालिम सफलतापूर्वक सम्पन्न गरेका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरेका छन् ।


उनले दिक्षान्त समारोहलाई सम्बोधनका क्रममा संगठनलाई राष्ट्रको एक अब्बल सुरक्षा निकायको रुपमा स्थापना गर्न योगदान पुर्याउने अवकाश प्राप्त एवं वहालवाला सशस्त्र प्रहरी कर्मचारीहरु प्रति आभार प्रकट गर्दै विपद् व्यवस्थापन, सीमा सुरक्षा तथा शान्ति सुरक्षा अमनचयन कार्यमा तल्लीन रहि अपराध मुक्त समाज र विकास निर्माणको आधार बनाउन पुर्याएको योगदानको मुक्तकण्ठले प्रशंसा गरे ।

महानिरीक्षक खनालले गौरवशाली संगठन बनाउनको लागि अग्रज बीर सपुतले बगाएको रगत र पसिनाको उच्च कदर र स्मरण गर्दै उनिहरुले चालेका राम्रा कदमहरुलाई निरन्तरता दिदै संगठनलाई थप व्यवसायिक, आधुनिकीकरण र सेवा विशिष्टिकरण गर्दै लगिने बताए ।

उनले कमाण्डर तहका अधिकृतहरुले मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुलाई अभिभावकत्व प्रदान गर्दै आफु नैतिकवान, ईमान्दार, अनुशासित र कर्तव्यनिष्ठ भई आम जनाताप्रती सुरक्षाको प्रत्याभूती तथा विश्वासको वातावरण बनाउनु पर्ने बताउदै उच्च मनोवलकासाथ कार्यक्षेत्रमा खटिन निर्देशन दिए ।


महानिरीक्षक खनालले राष्ट्र र संगठनको जिम्मेवारीको सिलसिलामा आफ्नो प्राणको आहुती दिने सशस्त्र प्रहरी महानिरीक्षक स्व. कृष्णमोहन श्रेष्ठ लगायत अमर सशस्त्र प्रहरी कर्मचारीहरुको स्मरण गर्दै कर्तव्य पालनाको सिलसिलमा घाईते भई अंगभंग भएका सम्पूर्ण राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरे ।

देश र जनतालाई सधैं शिरमा राखेर नेपाल सरकारको नीति निर्देशन बमोजिम प्राप्त जिम्मेवारीका क्षेत्रमा निरन्तर लाग्न समेत निर्देशन दिंदै आफ्ना सन्ततीलाई राष्ट्रसेवामा प्रेरित गर्ने अभिभावकहरुप्रति समेत उच्च सम्मान प्रकट गरे ।


गत साल भदौ २२ गतेबाट संचालन भएको उक्त तालिम ७६ जना सशस्त्र प्रहरी सहायक निरीक्षकले सफलतापूर्वक सम्पन्न गरेका छन् ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक खड्ग बहादुर राई, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ मुख्यालय मुक्तिनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक नारायणदत्त पौडेल, नेपाली सेना, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकृत लगायत सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..