बीरामी परेकी महिला मजदुरलाई भारतीय एसएसबीले यसरी पुर्‍यायो अस्पताल

काठमाडौं । नेपालमा जहाँ एकतर्फ भारतीय सीमा सुरक्षा बल (एसएसबी) र भारतविरोधी नारा लागिरहेको बेला त्यही अर्कोतर्फ एसएसबीले नेपाली नागरिकलाई सहयोग गरेर मनावताको झल्को देखाएको छ । एसएसबीले बीरामी भएकी दार्चुलाकी नेपाली महिलालाई अस्पताल पुर्याएर सहयोग गरेको छ ।

एसएसबीका जवानहरुले बीरामी भएकी महिलालाई भारतको धारचुला सीतापुल हुँदै नेपाल प्रवेश गराएका हुन् । यसको लागि एसएसबीले चार नेपाली नागरिकहरुलाई पनि बीरामी भएकी महिलासँग नेपाल क्षेत्रसम्म जाने अनुमति दिएको थियो ।

नेपाल एपीएफको छांगरु पोस्टमा निर्माण कार्य चालिरहेको छ । आइतबार गार्लिक निर्माण सेवा कम्पनी (नेपाल) का म्यानेजर इन्चार्ज सहदेव बोहराको निगरानीमा मजदुरहरु काम गरिहेका थिए । सोही समय दार्चुला नौगाड गाउपालिका वार्ड नम्बर १ बस्ने रमेश ठेकरेकी २० वर्षीया श्रीमती मजदुर संगीता ठेकरेको पेटमा अचानक पीडा सुरु भएको थियो । त्यसपछि संगीतालाई अस्पताल लैजान एकदम जरुरी भएको थियो । तर नेपाल तर्फको बाटो खराब भएको कारणले संगीतलाई अस्पताल पुर्याउन सम्भाव थिएन ।

उपचारको लागि भारतको धारचुला सीतापुलको बाटो हुँदै मजदुर बीरामी संगीतालाई अस्पताल लैजान बाहेक कुनै विकल्प थिएन । तर बीरामी संगीतासँग यसको लागि कुनै अनुमति थिएन । आपत स्वास्थ्यकी एसएसबी बी समवाय गब्र्यागका समवाय कमान्डरलाई यसको जानकारी हुनसाथ बीरामी संगीतासहित ५ जनालाई अनुमति दिइएको थियो ।

परिस्थितीको आकलन गर्दै उनीहरुलाई भारतको धारचुला सीतापुल हुँदै नेपाल प्रवेश गराइएको थियो । बीरामी महिलाको हालत गम्भीर भएकोले एसएसबीका जवानहरुले तुरुन्त संगीतालाई आफ्नै वाहनमा चढाइ छियालेखसम्म पुर्याएका थिए । र साथै भारतीय सेनाको एमआई कक्षमा सांगीताको प्राथमिक उपचार गरी बुँदी तर्फ पठाइएको थियो । नेपालमा भारत र एसएसबीविरोधी नारा लागिरहेको बेला एसएसबीले जुन मनावता देखाएको छ त्यसको सबैतिर प्रशंसा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..