बिरगंजकाे तस्करी राेकिएन,सशस्त्रका घुमुवा असुलीमा

बिरगंज । सशस्त्र प्रहरी बलका डीआईजी चन्द्रप्रकाश गाैतमले जति कडा र तस्करी नियन्त्रण गरेको भनेपनि बिरगंजबाट हुने तस्करी सुचारु मात्रै हाेइन झनै बढेको छ। अहिले सशस्त्रको १३ नम्बर गणका एसपी राजेन्द्र खड्काकाे नाममा समेत खुलेयाम रकम असुल्ने काम भैरहेको छ।

रकम उठाउने काम सहायक हवल्दार मधु क्षेत्रीले गरिरहेका छन् ।क्षेत्री तिनै घुमुवा हुन जसलाई १३ नम्बर गणका तत्कालीन एसपी दीपेन्द्र कुंवरले कारवाही गरेका थिए।सिर्सियाकाे घुमुवा हुदा तस्करी गराएर माेटाे रकम चलखेल गरेको भेटिए पछि एसपी कुंवरले मधु क्षेत्रीलाई कारवाही गरेका थिए।गणका लेखापालकाे कृपाले गण भित्र क्यान्टिन चलाएको देखाएर अहिले एसपीकाे नाममा रकम उठाउने काम उनै मधु क्षेत्रीले गरिरहेका छन् ।

उनले पहिले सिर्सियाकाे घुमुवा भएको कारण त्याहांबाट तस्करी गर्न सहज गराए बापत गाईकाे तस्कर समुहसंग माेटाे रकम लिएको उजुरी बाहिनीसम्म पुगेपनि कुनै छानबिन नभएपछि बाहिनीसम्म सेटिङ रहेको समाचारस्रोत बताउँछ । भारत पण्टाे गाउँका बिकास साहु र नेपाल तर्फका दिनेशकाे साझेदारीमा सिर्सिया नाकाबाट गाईकाे तस्करी हुदै आएकाे छ।

यसबाहेक मधु क्षेत्रीले भिश्वाका कवार्ड व्यापारी शशि , अमरपट्टी पर्साैनि इटिहाईका अलि भन्ने व्यापारीबाट समेत एसपी खड्काकाे नाममा रकम असुली रहेका छन् । साथै भन्सारको पछाडिबाट तस्करी गर्ने साइकल ग्रुप , मुन्ना ग्रुप , एखावत ग्रुप , अपांग ग्रुप (नाइके राजकुमार ) माछा व्यापारी निरा ग्रुप संग पनि एसपी खड्काकाे नाममा रकम असुली गरिरहेका छन् ।

केही दिन अघि मात्रै तस्करीको लाइन पाएका भारतीय नागरिक माेख्तारकाे झण्डै आठ लाखको आठ पाेका सामान सशस्त्र प्रहरीले नै समाएकाे थियो । भन्सार पछाडिबाट सेटिङ मिलाएर ल्याएको माेख्तारकाे सामान लेनदेन नमिलेपछि सशस्त्रको गणकाे टाेलीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..