आगलागी नियन्त्रणमा सशस्त्र प्रहरी सकृय

काठमाडौं । काठमाडौं महानगरपालिका १७ स्थित वनस्थली चोक नजिकै रहेको थ्रीडी फर्निचर तथा सोफा कारखानामा आज दिउँसो करीव ४ बजे भएको आगलागी सशस्त्र प्रहरीले पाँच वटा दमकल र पाँच वटा ट्यांकरको सहयोगमा तत्कालै नियन्त्रणमा ल्याएको छ ।

धादिङ्ग घर भएका रामहरी धरेल र भारतीय नागरिक विजय शर्माले संचालन गरेको उक्त फर्निचर कारखानामा विद्युतीय तार सर्ट भई आगलागी भएको बताईएको छ । सो आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश वालाजुबाट सशस्त्र प्रहरी निरीक्षक प्रमिला श्रेष्ठकको कमाण्डमा २० जना,सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गुल्म काठमाडौबाट सशस्त्र प्रहरी निरीक्षक गोरख भण्डारीको कमाण्डमा ३५ जना र सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण (विशेष कार्यदल) बगलामुखीबाट श्यामसंगती महर्जनको कमाण्डमा
खटिएको ३५ जना सशस्त्र प्रहरी उक्त आगलागी नियन्त्रणमा सकृयताकासाथ जुटेको हो ।

उक्त आगलागीबाट करीव १ करोड ६० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट
भएको बताईएको छ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..