सर्वोच्च अदालतले भन्यो – डीआईजी प्रविण श्रेष्ठको सेवाअवधि किन नथपेको ?

काठमाडौं । सर्वोच्च अदालतले सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक (डीआईजी) प्रविणकुमार श्रेष्ठलाई सेवाबाट हटाउनुको कारण पेस गर्न आदेश दिएको छ । श्रेष्ठले अनिवार्य अवकासमा गएको पत्र पाएपछि सर्वोच्चमा ७ साउनमा रिट दर्ता गरेका थिए ।

उनले दायर गरेको रिटको प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले श्रेष्ठलाई अवकास दिने निर्णय तत्काललाई यथास्थितिमा राख्न आदेश जारी गरेको हो । श्रेष्ठले एक महिनाअघि सेवाबाट अनिवार्य अवकाश पाएका थिए ।

सशस्त्र प्रहरी बलमा महानिरीक्षकको सिफारिसमा एक वर्ष समयावधि थप्न सक्ने प्रावधान छ । सशस्त्र प्रहरी नियमावलीमा डीआईजीको पदावधि चार वर्षको छ ।

उनको सेवा अवधि थप्न सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले गृह मन्त्रालयमा सिफारिस गरेका थिए । तर, गृह मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेको सो सिफारिसलाई अन्तिम समयमा मुख्य सचिवले हस्ताक्षर गर्न नमानेपछि उनले अनिवार्य अवकाश पाएका थिए ।

सशस्त्र प्रहरी नियमावली २०७२ आएपछि हालसम्म पाँच जना डीआईजी र दुई जना एआईजीको एक वर्ष सेवा अवधि थप भए पनि श्रेष्ठको भने थपिएको थिएन । नयाँ नियमावलीपछि एक वर्ष सेवा अवधि नथपिनेमा उनी मात्रै हुन् ।

हाल डीआईजीमा बहाल खड्गकुमार राई र मन्दीप श्रेष्ठ तथा अतिरिक्त महानिरीक्षक (एआईजी)द्वय पुष्पराम केसी र राममशरण पौडेलको पनि एक एक वर्ष सेवा अवधि थपिएको हो । डीआईजीद्वय राई र श्रेष्ठ तथा एआईजीद्वय केसी र पौडेलको एक वर्ष सेवा अवधि थप नगरिएको भए रिक्त एआईजी पदमा वरिष्ठताका आधारमा प्रविण श्रेष्ठ नै एआईजी बन्ने थिए । तर, सरकारले उनीहरूको सेवा अवधि थप्दा र उनको नथप्दा उनी अवकाशमा जान बाध्य भएका थिए ।

९ असार २०७४ मा डीआईजीमा बढुवा भएका श्रेष्ठ नम्बर ७ बाहिनीका बाहिनीपति थिए । नियमावलीमा उल्लेख भएअनुसार एक वर्ष पदावधि थप गरिएको भए उनी सशस्त्र प्रहरी बलको नेतृत्वमा पुग्ने थिए ।

हालका महानिरीक्षक खनालले आगामी २८ चैतमा अनिवार्य अवकाश पाउने भएकाले तीन साताका लागि वर्तमान अतिरिक्त महानिरीक्षक (एआईजी)द्वय केसी र पौडेलमध्ये एक जना सशस्त्रको नेतृत्वमा पुग्नेछन् । ३० वर्षे सेवा अवधिका कारण १८ वैशाख २०७९ मा उनीहरूले अवकाश पाउनेछन् ।

सर्वोच्चले श्रेष्ठको पक्षमा फैसला गरेको अवस्थामा उनी केसी र पौडेलमध्येबाट हुने एक आईजीपछि सशस्त्रको आईजी बन्ने बाटो खुल्नेछ । आजको राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..