सशस्त्र प्रहरीद्वारा उद्वार

चितवन । चितवन जिल्लाको माडी नगरपालिका ३ स्थित खनी खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले असार २५ गते फेला पारेको छ । हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका घर भई चितवन जिल्लाको माडी नगरपालिका ६ दिवाकर स्मृती प्राविधि शिक्षालयमा अध्ययनरत २१ वर्षिय हिक्मत शाही उक्त नदिमा पौडी खेल्ने क्तममा बेपत्ता भएको बताईएको छ । सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट छरछरेबाट खटिएको सशस्त्र प्रहरीले उनको शव उक्त खोलाबाट बाहिर निकालेको हो ।

बारा जिल्लाको कलैया उपमहानगरपालिका ११ पिप्राढीस्थित पसाहा खोलामा वर्षाको कारण पानीको बहाव बढ्न गई डुवानमा परेका व्यक्ति तथा चौपाया र विभिन्न सामान सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ । सो खोलाको पानी नजिकै रहेको बस्तीमा पसेर डुवानमा परेको भन्ने खबर पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मटिअर्वाबाट सशस्त्र प्रहरी त्यसठाउँमा खटिई तदारुकातासाथ उद्वारमा जुटेको हो ।

यसैगरी पर्सा जिल्लाको बिरगंज महानगरपालिका ११ रानीघाटस्थित सिर्सिया नदिमा पानीको बहाव बढ्न गई डुवानमा परेका घरपरिवारलाई सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ । उक्त नदिमा पानीको बहाव बढेर बस्तीमा पसेको भन्ने खबर पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्सा र बिओपी सिर्सियाबाट खटिएको सशस्त्र प्रहरीले उक्त घरपरिवारलाई सुरक्षित स्थानमा सारेको हो ।


सर्लाही जिल्लाको गोडैता नगरपालिका ३ सिमरा भगवतीपुरस्थित बगही खोलामा डुवेर बेपत्ता भएकी एक बालिकाको शव सशस्त्र प्रहरीले असार २० गते फेला पारेको छ । सोही ठाउँ बस्ने १३ वर्षिया रिभा हजारी नुहाउने क्रममा उक्त खोलामा डुवेर बेपत्ता भएको बताईएको छ । सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बहादुरपुरबाट खटिएको सशस्त्र प्रहरीले उनको शव घटनास्थल नजिकै डुवेको अवस्थामा फेला पारेको हो ।


धनुषा, अविरल वर्षाको कारण धनुषा जिल्लाको गणेशमान नगरपालिका ८ स्थित कमला नदिको बीच टापुमा फसेका तीन जनालाई सशस्त्र प्रहरीले बिहिबार बिहान सकुशल उद्वार गरेको छ । रातको समयमा तरकारी कुर्न गएका उनीहरु अविरल वर्षासँगै आएको पानीको वाहव बढ्न गई उक्त नदिको बीच भागमा रहेको टापुमा फसेका थिए ।

उक्त टापुमा केही व्यक्तिहरु फसेको भन्ने जानकारी पाउनासाथै तत्कालै सशस्त्र प्रहरी बल नेपाल नमबर ८ गण धनुषाबाट सशस्त्र प्रहरी निरीक्षक ध्रुव खड्का र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश रघुनाथपुरबाट सशस्त्र प्रहरी निरीक्षक रवि थापाको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले उनीहरुको सकुशल उद्वार गरेको हो । उद्वार गरिएकाहरु सोही ठाउँको लभटोली बस्ने ४६ वर्षिय गणपती यादव, ४० वर्षिया सितादेवी यादव र २७ वर्षिय संजय अधिकारी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..