त्रियुगा गुल्म बन्यो ५ नम्बर गण सशस्त्र आईजिपी खनालले गरे उद्घाटन

उदयपुर । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले उदयपुर स्थित सशस्त्र प्रहरी बल नम्बर ५ गणको उद्घाटन गरेका छन् ।आइतबार त्रियुगा नगरपालिका–९ मा नबनिर्मित गणको उद्घाटनगर्दै उनले सांगठनिक संरचना समयानुकुल परिमार्जन गर्दै लैजाने सिलसिला अन्तर्गत तत्कालिन त्रियुगा गुल्मलाइ गणमा स्तरोन्नति गरिएको बताए ।


रास्ट्रसेबक कर्मचारीहरूले देखाएको इमान्दारिता , अनुशासन , बफादारिता , कर्तब्यपरायणता तथा उच्च समर्पण भाबका कारण संगठन यो स्थान सम्म आइपुगेको स्मरण गर्दै महानिरीक्षक खनालले सीमा सुरक्षालाई प्रभावकारी बनाउन २ सय २४ वटा बोर्डर आउट पोस्ट स्थापना भइसकेको र यो बर्ष १ सय २० वटा थप गर्ने लक्ष्यका साथ आबश्यक तयारी र गृहकार्य भइरहेको बताए ।


छाङ्रु देखि ओलाङ्चुङ गोलासम्म र हिल्सा देखि किमाथांका सम्म तैनाथ भएर संगठनका रास्ट्रसेबक कर्मचारिहरु भौगोलिक बिकटता र प्रतिकुल मौसमका बाबजुद उच्च मनोबल र हौसलाका साथ आफ्नो कर्तव्य निर्बाह गरिरहेको बताउँदै उनले मनसुन जन्य उद्दारमा तत्काल र जुनसुकै बेला परिचालित हुनको लागि तयारी अवस्थामा रहन निर्देशन दिए ।

‘आगामि कार्तिक २६ र मंसिर ३ गते हुन गइरहेको प्रतिनिधि सभा निर्बाचन लाइ सुरक्षित र मर्यादित रुपमा सम्पन्न गर्न सुरक्षा ब्यबस्थालाई सशक्त बनाउन दिएको निर्देशन अनुसार नयाँ चुनौतिको सामना गर्न मानसिक र शारीरिक रुपले तयार रहन निर्देशन गर्दछु,’ महानिरीक्षक खनालले भने ।

सो गण उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारि , त्रियुगा नगर पालिकाका प्रमुख बलदेब चौधरी सुरक्षा निकायका प्रदेश प्रमुख तथा जिल्ला स्थित प्रमुख हरुको उपस्थिति थियो । २०७५ मा सो गण तत्कालिन त्रियुगा गुल्म लाइ स्तरोन्नति गरि स्थापना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..