सशस्त्र प्रहरीलाई व्यासमा खाद्यान्न ढुवानी गर्न सास्ती

खलङ्गा ।गत कात्तिक अन्तिम साता व्यास गाउँपालिका–१ का स्थानीय र सशस्त्र प्रहरीका लागि नेपाल सरकारले हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी ग¥यो । सुदूरपश्चिम प्रदेश सरकारको बजेटमार्फत खाद्यान्न ढुवानी गरियो । व्यासमा बस्ने स्थानीय नागरिक र सुरक्षाकर्मी पनि खुशी भए । छ महीना पुग्ने खाद्यान्न ढुवानी गरेपछि खुशी नहुने कुरो पनि भएन ।

हाल आएर अहिलेसम्म सरकारले दोस्रोपटक यहाँका नागरिक र सुरक्षाकर्मीका लागि खाद्यान्न ढुवानी गरेको छैन । सर्वसाधारणले गत वैशाखमा बसाइँसराइ (स्थानीया सौका समुदायको भाषामा कुञ्चा) सर्ने बेला थोरैथोरै खाद्यान्न घोडा खच्चडमा लगेर जिविका चलाउँदै छन् । सौका समुदायले भारतीय बाटो हुँदै खाद्यान्न ढुवानी गरेका थिए । भारतीय एसएसबीसँग हारगुहार गरेर खाद्यान्न गाउँ पु¥याइएको थियो । त्यतिबेला स्थानीयले ।

अहिले पछिल्लो समय व्यास– १ छांगरुको गागास्थित सशस्त्र प्रहरीले भारतीय समकक्षीसँग अनुरोध गरेर खाद्यान्न ढुवानी गर्नु परेको छ । मित्रवत व्यवहार भएका कारण खाद्यान्न, तरकारीलगायतका सामग्री ढुवानी गरेर जोहो चलेको बताइएको छ । समकक्षीसँग सम्बन्धका कारण छांगरुमा रहेका सशस्त्र प्रहरीले आवश्यक सामग्री ढुवानी गर्ने गरेका छन् । नेपालको बजारबाट खाद्यान्न ढुवानी गर्न सकिने अवस्था छैन् । बाटो घाटो छैन् ।

गाडी त परै जाओस् मान्छे हिँड्नसमेत बाटो छैन् । सशस्त्र प्रहरीलाई खाद्यान्न किन्न पुरै भारतीय बजारमै निर्भर हुनु परेको छ । धारचुला बजारबाट गाडीमा सीतापुलसम्म खाद्यान्न ढुवानी गरेर छांगरु पु¥याउनुपर्ने बाध्यता सशस्त्र प्रहरीलाई छ । अहिले पनि धारचुलाबाट खाद्यान्न ढुवानीको तयारी थालिएको छ । गत मङ्गलबार भारतको गर्वाधार क्षेत्रमा पहिराले सडक अवरुद्ध भएपछि खाद्यान्न ढुवानी गर्न सकेको छैन । भारतीयतर्फको पहिराले नेपालतिरको कल्जु क्षेत्रमा बाटो भत्काएको छ ।

सशस्त्र प्रहरीको कोड मास्टर (खाद्यान्न व्यवस्थापन गर्ने व्यक्ति) ले नै धारचुला बजारमा खरीद गरेर पठाउनुपर्ने बाध्यता छ । सबैभन्दा सजिलो उपाय भनेको हेलिकप्टर नै हो । सरकारले हेलिकप्टरमार्फत ढुवानी गर्नमा चासो नदेखाएपछि सीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीले भारतीय सडक र भारतीय बजारबाटै खाद्यान्नको जोहो गर्नुपरेको छ ।

बिओपी स्थापना गर्दा २०७७ वैशाखमा छ महीनाका लागि सैनिक हेलिकप्टरबाट खाद्यान्न व्यवस्थापन गरियो । त्यसपछि भने खाद्यान्न व्यवस्थापनलगायतमा न सेनाको हेलिकप्टर प्रयोग भयो, न वैकल्पिक व्यवस्थापनको पहल भयो । शुरुमा खाद्यान्नलगायतका सामग्री सबै हेलिकप्टरमार्फत ढुवानी गरियो । कात्तिकपछि हेलिकप्टर आउनै छाडेको छ ।

“गत जेठमा नेपाल प्रहरीको खाद्यान्न र बन्दोबस्ती हेलिकप्टरमार्फत ढुवानी भयो, हाम्रा लागि अझै सरकारले हेरेको छैन,’ सशस्त्र प्रहरीको गुनासो छ । सीमावर्ती बजारमा रासनकार्डवाहक भारतीयले चामल प्रतिकिलो भारु तीनदेखि पाँचमा पाउँछन् । भारतीय सुरक्षाकर्मीका लागि नियमित हेलिकप्टरमार्फत राशन, पोषणयुक्त सामग्री सबै ढुवानी हुन्छ । उनीहरुले खानुपर्ने सबै प्रकारका राशन सहजरुपमा पाइरहेका छन् । अण्डा मासु पनि नियमित उनीहरुले पाइरहेका छन् ।

नेपालतिरका सुरक्षाकर्मीले पाउनुपर्ने राशन सुविधासमेत पाउन सकेका छैनन् । सदरमुकाम खलङ्गाबाट व्यासको छांगरु तिङ्कर पुग्न चारदेखि पाँच दिन समय लाग्छ । सडक पुगेको छैन । बाटो घाटो राम्रो छैन् । सबै ठाउँमा जोखिम मोलेरै आवतजावत गर्नुपर्ने यहाँको बाध्यता छ ।त्रिदेशीय सीमा जोड्ने गरी निर्माण भइरहेको खलंगा–तिकर सडक खण्डको १२ वर्षमा ४३ किलोमिटर मात्रै सडकको ट्याक खुलेको छ । गाडी ४० किलोमिटरसम्म मुस्किलले मात्रै सञ्चालन छ । त्यो पनि हिउँदयाममा मात्रै । बर्खामा यो सडक पनि बन्द रहन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..