मानसिक सन्तुलन कमजोर युवामाथि सशस्त्र प्रहरीद्धारा सामुहिक कुटपिट

एसपी र बमले भने घटनाको बारेमा जानकारी भएन

नेपालगन्ज । मानसिक कमजोर भएका एक युवामाथि सशस्त्र प्रहरीले सामुहिक कुटपिट गरेको छ । नेपालगन्ज भन्सार नाका जमुनाहामा सोमबार युवालाई सशस्त्र प्रहरीले कुटपिट गरेको हो ।भन्सार नाकामा सधै घुमफिर गरिरहने एक युवालाई चरेश लगेको आरोपमा सशस्त्र प्रहरीले कुटपिट गरेको स्थानीयले जनाएका छन् ।

मानसिक कमजोर भएका जमुनाहामा बस्दै आएका झलक नेपालीलाई सशस्त्र प्रहरीले गाजा ल्याएको भन्दै कुटपिट गरेको पिडित नेपालीले बताए। सोमबार भारतको रुपैडिहा जाने क्रममा उनलाई सशस्त्र प्रहरीले नेपालगन्ज भन्सार नाकामा चेकजाँचको निहुमा कुटपिट गरेको पिडित नेपालीले जानकारी गराए। हरियो भाङ्गको पत्ता राखेको आरोपमा मलाई कुटपिट गरियो उनले भने ।एक जना महिला सशस्त्र प्रहरी र ४ जना पुरुष सशस्त्र प्रहरीले कुटपिट गरेको उउनल बताए। कुटपिट पछि हातमा निलडाम, शरिरमा चोटपटक र टाउँकोमा ४ काटा लागेको जानकारी गराए।


बिनाकारण मानसिक कमजोर भएकालाई पिटनु अपरोध रहेको स्थानिय एक जना नागरिकले भने । मैले कुटपिट नगर्नु भनेको हो ६ र ७ जना सशस्त्र प्रहरीले बुट, लाठ्ठीले हान्नुभयो उनले भने ।विहान १० बजे मानसिक कमाजोर भएका युवालाई यसरी कुटपिट गर्नु मानवअधिकार हनन भएको उनले बताए ।

दिनभरी भन्सार नाकाका आसपासका होटल, पसलमा काम गर्ने नेपालीलाई सशस्त्र प्रहरीको टीमले कुटपिट गर्नु निन्दनिय रहेको उनले बताए ।उनका अनुसार शरिर भरी निलडाम रहेको छ । आँखाको अगाडी चोट लागेर काटेको हुनाले १०÷१० रुपैया उठाएर उपचार गरेको उहाँले बताए । यता सशस्त्र प्रहरी बाँकेका प्रमुख एसपी अशोक कुमार बमले भने घटनाको बारेमा जानकारी नभएको बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..