कोभिड–१९ बिरुद्ध एपीएफ अस्पतालको भूमिका अब्बल : नवनियुक्त गृहमन्त्री अधिकारी

काठमाडौं । गृहमन्त्री खगराज अधिकारीले कोभिड–१९ महामारीमा सशस्त्र प्रहरीको एपीएफ अस्पतालको भुमिका अब्बल रहेको बताएका छन् । शनिवार हलचोक स्थित सशस्त्र प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्दै उनले भने–‘कोभिड–१९ महामारी व्यवस्थापनमा एपीएफ अस्पतालको भुमिका अब्बल छ ।’

मन्त्री नियुक्त भएपछि सशस्त्रको प्रधान कार्यालय पुगेका अधिकारीले भूकम्प जस्ता महामारीमा साधनस्रोतको अभावका बीच सशस्त्रले गरेको कामको प्रशंसा गरेका छन् । उनले भने–‘भुकम्प जस्ता महामारीमा साधनस्रोतको अभावका बीच संगठनले गरेको कामको हृदयको गहिराइबाट सम्मान प्रकट गर्न चाहन्छु ।


सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनालले अधिकारीलाई संगठनले गरेका काम कारवाहीबारे जानकारी गराएका थिए । सशस्त्र प्रहरी कर्मचारीहरुले सीमा सुरक्षामा पुर्याएको योगदानको पनि गृहमन्त्री अधिकारीले प्रशंसा गरेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल राष्ट्रको अभिन्न सुरक्षा निकायको रुपमा अगाडी बढिरहेको उल्लेख गर्दै उनले भने– ‘सशस्त्र प्रहरी बलका लागि आवश्यक साधनस्रोत, जनशक्ति र वृत्तिविकासको कार्यमा सहकार्य गर्दै अगाडी बढ्छु ।’


सशस्त्रका महानिरीक्षक खनालले गृहमन्त्रीको निर्देशन अक्षरश पालना गरिने प्रतिवद्धता व्यक्त गरेका छन् । निरीक्षण भ्रमणको लाईभ भिडियो स्ट्रिमिङ्गमार्फत सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण एकाईहरुमा हेर्ने र सुन्ने व्यवस्था मिलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..