सशस्त्रका डिआईजी श्रेष्ठको म्याद थप,श्रेष्ठ एआईजीमा एक नम्बरमा बढुवा भए,आईजिपी बन्ने बाटो खुल्ने

काठमाडौं । सशस्त्र प्रहरीका डिआईजी प्रविण श्रेष्ठको पदावधी थपको लागी प्रक्रिया सुरु भएको छ । हाल सशस्त्रको सुदूरपश्चिम प्रदेशको प्रमुख रहेका श्रेष्ठको चार वर्षे कार्यकाल सकिन लाग्दा एक वर्ष थपको लागी प्रक्रिया सुरु भएको हो । यसअघि डिआईजीहरु खड्क राई र मन्दिप श्रेष्ठको समेत पदावधी एक वर्षका लागी थप गरिएको थियो ।

उनिहरु दुवै जनाको ५ वर्षे पदावधी आगामी माघमा सकिंदैछ । त्यतिवेलासम्म एआईजी रिक्त नहुने भएपनि उनिहरु दुवै जनाले डिआईजीबाटै अवकास पाउनेछन् । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले श्रेष्ठको पदावधी थपको फाइल गृहमन्त्रालय पठाइसकेका छन् । श्रेष्ठको पदावधी एक वर्ष थप भए उनको सशस्त्र प्रहरी प्रमुख बन्ने बाटो खुल्नेछ ।

हालका सशस्त्र प्रहरी प्रमुख खनाल आगामी चैत्र २८ मा अनिवार्य अवकासमा जांदैछन् । त्यसपछि करिव १ महिनाका लागी हालका एआईजी पुष्पराम केसी सशस्त्र प्रहरी महानिरीक्षक बन्नेछन् । केसीको ठाउंमा वरियतामा त्यतिबेला एक नम्बरमा रहने डिआईजी श्रेष्ठ नै एआईजी बन्ने लगभग निश्चित छ । त्यतिबेला नै सशस्त्रका अर्का एआईजी रामशरण पौडेल पनि अवकासमा जानेछन् ।

तर, हाल डिआईजीमा उनिपछि रहेका राजु अर्याल र नारायणदत्त पौडेलहरु पनि एआइजी बन्ने दौडमा छन् । श्रेष्ठ एआईजीमा बढुंवा हुंदा एक नम्बरमा बढुवा भए उनको सशस्त्र प्रहरी महानिरीक्षक बन्ने सम्भावना बलियो छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..