कालापानीनजिक क्षेत्रमा सशस्त्र प्रहरी बलले बढायो गस्ती

सुदूरपश्चिम । भारतले अतिक्रमण गरेको कालापानी क्षेत्रको सीमावर्ती इलाकामा सशस्त्र प्रहरीले गस्ती बढाएको छ । दार्चुलाको व्यास गाउँपालिकामा हिउँ पग्लिएपछि सशस्त्र प्रहरीले गस्ती बढाउन थालेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मले व्यास क्षेत्रमा गस्ती गर्दै आएको छ । नम्बर ५० गुल्म प्रमुख डिएसपी धीरेन्द्र शाहको नेतृत्वमा यसै साता माथिल्लो कौवा र कालापानी क्षेत्र वरपर गस्ती गरिएको छ ।
नेपालको सशस्त्र प्रहरीले कौवा, कालापानी क्षेत्रमा गस्ती गर्न थालेको हो । सशस्त्र प्रहरी छाङ्गरुको गागामा छ । गागाबाट कालापानीसम्म पुग्न १४ किलोमिटर दूरी पर्दछ ।

‘कालापानीभन्दा ३०० मिटर नजिकै गस्ती गर्ने गरेका छौं,’ व्यासमा कार्यरत एक सुरक्षाकर्मीले भने । गागामा रहेको सशस्त्रको गुल्मबाट सातामा एक वा दुईपटक गुञ्जी, कौवा र कालापानी क्षेत्रमा तथा चीनसँग सीमा जोडिएको पिल्लर नं. १ स्थित तिंकर क्षेत्रसम्म सशस्त्र प्रहरी र नेपाल प्रहरीले गस्ती गर्ने गरेका छन् ।

सरकारले अतिक्रमित क्षेत्र समेट्दै नक्सा जारी गरेपछि त्यस क्षेत्रमा नेपाली सुरक्षा संयन्त्रको उपस्थिति रहेको हो । छाङ्गरुमा गुल्म बनाएर बसेको सशस्त्रको टोलीले हिउँ पग्लिएपछि केही साताअघिदेखि भारत र चीनसँग जोडिएको नेपाली भूभागमा गस्ती सुरु गरेको हो । यो वर्ष सशस्त्र प्रहरी र नेपाल प्रहरी बाह्रै महिना व्यासको छाङ्गरुमा बसेको थियो ।यस्तै, व्यास गाउँपालिका­ १ छाङ्गरुदेखि भारतले अतिक्रमण गरेको कालापानी भूमि पुग्ने गरी घोेरेटो बाटो निर्माण सुरु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको व्यास विषेश कार्यक्रमअन्र्तगत घोरेटो बाटो निर्माण भइरहेको हो ।


व्यासको छाङ्गरुबाट कालापानी जाने बाटो ठाउँठाउँमा पहिरो गएर भत्किएपछि अहिले प्रदेशको विशेष कार्यक्रमअन्तर्गत निर्माण भइरहेको हो । यसअघि सो क्षेत्रमा पञ्चायतकालमा घोरेटो बाटो निर्माण गरिएको थियो ।

पञ्चायतकालयता मर्मत हुन नसकेको बाटो अहिले आएर प्रदेश विशेष योजनाअन्तर्गत निर्माण भइरहेको छ । प्रदेश सरकारको रु ३० लाखमा छाङ्गरुदेखि कालापानी जोड्ने बाटो निर्माण तथा बाटो मर्मतको काम भइरहेको वडा नं १ का वडाध्यक्ष अशोकसिंह बोहराले बताए ।

सुदूरपश्चिम प्रदेश सरकारले व्यासमा विशेष कार्यक्रम सञ्चालन गरेको छ । भारतले लिपुलेक सडकको उद्घाटनपश्चात त्यस क्षेत्रमा भ्रमणमा पुगेका सुदरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले व्यास क्षेत्रका लागि प्रदेश सरकारले विशेष प्याकेज ल्याउने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..