आगलागी नियन्त्रणमा सशस्त्र प्रहरीसकृय

मोरङ्ग । जिल्लाको पथरी शनिश्चरे नगरपालिका ६ मलंगवास्थित लक्ष्मी कठायतको गाई फर्ममा भएको आगलागी एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् ।


उक्त फर्ममा थ्रेसर मेसिन चलाउने क्रममा मेसिनबाट आगोको झिल्का निस्किएर आगलागी भएको र उक्त आगलागीबाट करीव १० लाख रुपैयाँ बराबरको धनमाला क्षति भएको बताईएको छ । आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश शनिश्चरेबाट खटिएको एपीएफ टोली सो आगलागी नियन्त्रणमा सकृयताकासाथ जुटेको थियो ।


यसैगरी सोही जिल्लाकै धनपालथान गाउँपालिका ३ बक्कुवा डाँडा बस्ने कन्तलाल मण्डल र राजदेव मण्डलको एक तल्ले कच्ची घरमा आगलागी हुँदा करीव ४ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको बताईएको छ ।


उक्त आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सोरभागबाट खटिएको एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..