एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

बारा । बारा जिल्लाको कलैया उपमहानगरपालिका १० नहरचोकस्थित सीमा ईलाकाबाट चैत्र १९ गते एपीएफ टोलीले करीब १ लाख ११ हजार रुपैयाँ बराबरको चोरीपैठारीको हार्डवेयरका सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मटिअर्वाबाट खटिएको एपीएफ टोलीले उक्त सामान बरामद गरेको हो । बीआर ०५ एफ ५२३२ नम्बरको भारतीय मोटरसाइकलमा राखी भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त सामान बरामद गरिएको हो ।

त्यसवेला एपीएफ टोलीले उल्लेखित मोटरसाइकल समेत बरामद गरेको छ । एपीएफ टोलीले बरामद सामान तथा मोटरसाइकल स्थानीय भन्सार कार्यालयमा बुझाएको छ । उक्त मोटरसाइकलको भन्सार दाखिला मूल्य १ लाख ८० हजार रुपैयाँ रहेको छ ।


दाङ्ग जिल्लाको राप्ती गाउँपालिका १ स्थित भालुवाङ्गबाट चैत्र २५ गते एपीएफ टोलीले करीव एक लाख ४७ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ३५७५ नम्बरको यात्रुवाहक बसमा राखेर लैजाँदै गरेको उक्त लत्ताकपडाको कागजपत्र नभएको फेलापरेपछि सशस्त्र प्रहरी बल, नेपाल नम्बर २९ गण दाङ्गबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद लत्ताकपडा भन्सार कार्यालय जमुनाह बाँकेमा बुझाईएको छ । यसैगरी रुपन्देही जिल्लाको सिद्वार्थनगर नगरपालिका १ बाईपासस्थित सीमा ईलाकाबाट चैत्र २४ गते एपीएफ टोलीले करीव १ लाख २४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा भाडावर्तन सशस्त्र प्रहरी बल, नेपाल डण्डाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद सामान भन्सार कार्यालय भैरहवामा बुझाईएको छ ।

सप्तरी जिल्लाको सुरुङ्ग नगरपालिका ४ कदमाह स्थित पूर्वपश्चिम लोकमार्गबाट चैत्र २३ गते एपीएफ टोलीले करीव ४ लाख ५ हजार रुपैयाँ बरारबको फलफुलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा जिल्लाको सिरहा नगरपालिका ३ बस्ने २७ वर्षिय दिलिप महतो छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स १ च १०४६ नम्बरको पिकअप भ्यानमा राखी लैजाँदै गरेको उक्त फलफुलको काजपत्र नभएको फेला परेपछि सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश कडरवानाबाट खटिएको एपीएफ टोलीले उक्त फलफुलसहित निज महतोलाई पक्राउ गरेको हो ।

त्यसवेला एपीएफ टोलीले उक्त पिकअप भ्यान समेत बरामद गरेको छ । पक्राउ परेका महतोलाई बरामद फलफुल तथा भ्यानसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..