सशस्त्र प्रहरी बल नेपालको निशान तथा मौलो पुजा सम्पन्न


काठमाडौं । बडादशैंको अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर १९ गण हेक्वा बगलामुखी (विशेष कार्यदल) हल्चोक स्वयम्भूमा असोज २८ गते सशस्त्र प्रहरी बल, नेपालको निशान तथा मौलो पुजा सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले विशेष कार्यक्रमका बीच पुजाअर्चना गर्नुभएको उक्त निशान तथा मौलो पुजा कार्यक्रममा सशस्त्र प्रहरी अधिकृत, बिल्लादार तथा जवानहरुबाट पुजाअर्चना तथा मौलो परिक्रमा गरिएको थियो ।


बिहान ७ बजेर ११ मिनेटको पुजाको संकल्प साइतमा गरिएको निशान तथा मौलो पुजा कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी बल, नेपालको निशानमा पञ्जाछाप लगाउनुभयो ।

सशस्त्र प्रहरी व्याण्डको मंगलधुनबीच सुरु भएको पुजा कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालको एक टोलीले निशान भगवती सलामी अर्पण गरेको थियो ।सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले बडादशैंको अवसरमा महानवमीको दिन हरेक वर्ष निशान तथा कोतपुजा गर्दै आएको छ ।


त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले मौलोपुजा व्यवस्थापनमा उत्कृष्ट कार्यगर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई पगरी तथा नगद पुरस्कार प्रदान गर्नुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेल लगाएत एपीएफ अधिकृत, विल्लादार तथा जवानहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..