दिल्लीमा अर्थमन्त्री वाग्ले र भारतीय समकक्षी सीतारमणबीच भेटवार्ता

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका अर्थ तथा वित्तीय मामिलामन्त्री निर्मला सीतारमणबीच नयाँदिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ।


बिहीबार भएको भेटवार्तामा नेपाल–भारत आर्थिक साझेदारीलाई थप सुदृढ र विस्तार गर्ने विषयमा छलफल भएको हो । भेटमा विकास सहकार्य, बाढीपछिको पुनर्निर्माण, व्यापार, लगानी, ऊर्जा तथा कनेक्टिभिटीलगायत पारस्परिक हितका विभिन्न विषयमा छलफल भएको नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।


त्यस क्रममा नेपाल र भारतबीच लामो समयदेखि कायम आर्थिक सम्बन्धलाई थप व्यापक बनाउँदै सहकार्यका नयाँ क्षेत्र विस्तार गर्ने विषयमा समेत दुवै मन्त्रीबीच विचार आदानप्रदान भएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..