दिल्लीमा अर्थमन्त्री वाग्ले र भारतीय समकक्षी सीतारमणबीच भेटवार्ता

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका अर्थ तथा वित्तीय मामिलामन्त्री निर्मला सीतारमणबीच नयाँदिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ।


बिहीबार भएको भेटवार्तामा नेपाल–भारत आर्थिक साझेदारीलाई थप सुदृढ र विस्तार गर्ने विषयमा छलफल भएको हो । भेटमा विकास सहकार्य, बाढीपछिको पुनर्निर्माण, व्यापार, लगानी, ऊर्जा तथा कनेक्टिभिटीलगायत पारस्परिक हितका विभिन्न विषयमा छलफल भएको नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।


त्यस क्रममा नेपाल र भारतबीच लामो समयदेखि कायम आर्थिक सम्बन्धलाई थप व्यापक बनाउँदै सहकार्यका नयाँ क्षेत्र विस्तार गर्ने विषयमा समेत दुवै मन्त्रीबीच विचार आदानप्रदान भएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..