सेवाग्राहीबाट ९ लाख घुस लिँदै गर्दा नापी अधिकृत वली पक्राउ

काठमाडौं । सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा नापी अधिकृत पक्राउ परेका छन् ।पक्राउ पर्नेमा नापी कार्यालय डिल्लीबजार ३ नं. नापी टोली माछापोखरी, काठमाडौँका टोली प्रमुख नापी अधिकृत डिल्लीबहादुर वली रहेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई घुसररिसवत बापत नौ लाख रूपैयाँ लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।


अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार वलीले छुट जग्गा दर्ता सिफारिससहितको मिसिल पत्र भूमि प्रशासन कार्यालय, मनमैजु पठाउनका लागि सेवाग्राहीलाई अनावश्यक सास्ती, दुःख र हैरानी दिँदै घुस माग गरिरहेका थिए ।


सोही सूचना तथा उजुरीका आधारमा टङ्गालबाट खटिएको अख्तियारको टोलीले उनलाई ९ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा काठमाडौंको टोखा नगरपालिका–५ स्थित वसुन्धारा चोकको एक रेस्टुरेन्टबाट भदौ ३१ गते नियन्त्रणमा लिएको थियो ।पक्राउ परेका नापी अधिकृत वलीविरुद्ध विशेष अदालतबाट म्याद थप गरी भ्रष्टाचारसम्बन्धी मुद्दामा थप अनुसन्धान अगाडि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..