दोलखामा स्रोत नखुलेको करिब २० लाखसहित दुईजना पक्राउ

दोलखा । स्रोत नखुलेको करिब २० लाख रुपैयाँसहित प्रहरीले दोलखाको भीमेश्वर नगरपालिका–७ बाट दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा लमजुङको सुन्दरबजार नगरपालिका–२ का रामचन्द्र शर्मा र झापाको मेचीनगर नगरपालिका–७ का शेरबहादुर राउत रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार शुक्रबार अपरान्ह शंकास्पद रूपमा झोलामा सामान बोकेर हिँडिरहेका उनीहरूलाई रोकी खानतलासी गर्दा १९ लाख ९२ हजार ५ सय रुपैयाँ बरामद गरिएको हो ।

बरामद रकमको स्रोत खुल्न नसकेपछि दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..