विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ 


सिरहा । सिरहा प्रहरीले जेएनजी आन्दोलनको क्रममा विभिन्न कारागारबाट फरार भएका तीन जना कैदि बन्दीहरुलाई भारतीय सीमाक्षेत्रबाट नियन्त्रणमा लिएको छ ।

जेएनजीको आन्दोलनको क्रममा कारागार कार्यालय जलेश्वर र बाल सुधार गृह विर्ता पर्साबाट भागेका मध्य तीनजनालाई नेपाल भारत सीमाबाट भारतीय प्रहरीको सहयोगमा तीयन्त्रणमा लिउको हो। 

जिल्ला प्रहरी कार्यालय सिरहा सूचना अधिकारी तथा डीएसपी विरेन्द्र कुमार पासवानको नेतृत्वमा खटिएको टोलीले नेपाल भारत सीमाबाट भारतीय प्रहरीको सहयोगमा जलेश्वर कारागारबाट भागेको बन्दी २६ वर्षिय रुपेश कुमार वैदारलाई नियन्त्रणमा लिएको जनाएको छ। उनी लागूऔषध र हातहतियार खरखजनामा पूर्पक्षका लागि जलेश्वर गारागारमा रहेका थिए। 

बाल सुधार गृह, विर्ता पर्साबाट भागेका बाल बिज्याईकर्ता १४ वर्षिय मो. सद्दाम अन्सारी र १५ वर्षिय मो. सहमद नदाफलाई पक्राउ गरी सम्वन्धित कार्यालयमा पठाउन समन्वय गरिरहेको प्रहरीले बताएको छ।  उनीहरु क्रमशः जवरजस्ती करणी मुद्दा र कर्तव्य ज्यानमुद्दामा कारागारमा थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..