रथी हमाल बिदामा

काठमाडौं । सैनिक मुख्यालयले नेपाली सेनाका बलाध्यक्षरथी ईश्वर हमाललाई अवकासको पत्र दिएको छ । हाल अनडफ मिसनमा रहेका रथी हमालको रथीको कार्यकाल सकिनु १५ दिन अघि सैनिक मुख्यालयले उनलाई पत्र थमाएको हो ।


रथी हमाल यही असोज २५ मा अनिवार्य अवकासमा जांदैछन् । रथीबाट अवकास पाउनु १५ दिन अघि बिदामा बस्ने प्रचलन सेनामा छ । हमाल २०४० साल कात्तिक २२ मा सैन्य क्याडेटका रुपमा नेपाली सेनाका प्रवेश गरेका थिए । त्यसपछि उनले सेनाका विभिन्न महत्वपूर्ण विभागमा बसेर काम गरेका थिए ।

उनि हाल अनडफमा फोर्स कमाण्डरका रुपमा कार्यरत छन् । सेनाले अवकासपछि समेत मिसनमा रहंदासम्म तीन तारे जर्नेलका रुपमा काम गर्न पाउने स्विकृती दिइसकेको छ ।हमालले अवकास पाएसंगै उनको ठाउंमा बढुवाको प्रक्रिया अघि बढाउने तयारी सैनिक मुख्यालयले गरेको छ । प्रधानसेनापति प्रभुराम शर्माले यसअघि आफ्नै रिक्त दरबन्दीमा सेनाका उपरथी बालकृष्ण कार्कीको बढुवा प्रक्रिया समेत दरबन्दी रिक्त नहुंदै अघि बढाएका थिए ।

उनि हाल सेनाको रथीमा बढुवा भइसकेका छन् ।
हमालको ठाउंमा समेत सात दिने सुचना निकाल्ने तयारी भइसकेको छ । उनले अवकासको पत्र पाएसंगै सुचना निकाल्ने काम अघि बढेको हो । सैनिक स्रोतले दिएको जानकारीअनुसार अव बस्ने बोर्ड बैठकले सेनामा रथीको बढुवाको लागी उम्मेदवारको नाम सिफारीस गर्नेछ ।


सेनामा रथी बढुवाको लागी वरियतामा एक नम्बरमा उपरथी सरोज प्रताप राणा छन् । उनको उमेर र शैक्षिक योग्यताको बारेमा यसअघि उपरथी बढुवाको बेला बिवाद आएको थियो । पछी त्यो प्रमाणित नभएपछि उनको बढुवा अघि बढेको थियो ।

तर,तत्कालिन प्रधानसेनापति पूर्णचन्द्र थापाको पालामा उनको बढुवा अघि बढेको थियो । राणा थापाका नाताले साढुभाई समेत हुन । राणाको बढुवा नभएको खण्डमा उपरथी अनन्त कार्कीको बढुवा हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..